एक भारतीय नागरिकले झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको खुलेको छ । भारतको उत्तर प्रदेशकी रिना अग्रवालले झुठा विवरण पेश गरेर धनुषा जिल्ला प्रशासन कार्यालयबाट वंशजको आधारमा नेपाली नागरिकता लिएकी हुन् ।

रिना काठमाडौंमा व्यवसाय गर्दै आएकी छिन् । उनले जन्म मिति २०२६-१२-२४ र घोडबास गाविस–२ लाई स्थायी ठेगाना उल्लेख गरेर धनुषा जिल्ला प्रशासन कार्यालयबाट २०६४-०२-२२ गतेका दिन नागरिकता लिएकी छन् । रिना अग्रवालको नागरिकताको किसिम वंशज रहेको छ । उनले लिएको नागरिकता नम्बर १७१०८२-३५ रहेको छ । नागरिकतामा सोही ठेगानाका नन्दलाल अग्रवाललाई बाबु (पिता) उल्लेख छ । अर्थात नाता सम्बन्ध रिना नन्दलाल अग्रवालकी छोरी हुन् ।

स्रोतका अनुसार उनी वास्तविकरुपमा रिना भारतको उत्तर प्रदेशकी नागरिक हुन् । जयपुर राजस्थानका नागरिक शंकर अग्रवालसँग विवाह गरेकी उनी भारतबाट कच्चा सामान ल्याएर नेपालमा उत्पादन गर्ने र बिक्रिवितरणमा सक्रिय छिन् । वंशजको आधारमा नागरिकता दिने प्रशासन कार्यालयका तत्कालीन् प्रशासकीय अधिकृत विनोदकुमार दाहाल हुन् । तत्कालिन घोडवास गाविसलाई अहिले बनेको नगराईन नगरपालिकाको वडा नम्बर ९ मा राखिएको छ ।

सोही नागरिकताको आधारमा बैंक खाता समेत खोलेकी छन् । बैंकले ग्राहकको खाता प्रमाणित गर्ने क्रममा सक्कल कागजातसहित वडाको सिफारिस लिएर आउन भनेको र सोही बेला उनको नागरिकता नक्कली रहेको पुष्टि भएको हो । रिना अग्रवालका पति शंकर पनि नेपालमै बसेर व्यापार गर्दै आइरहेको स्रोतले बतायो । व्यवसायबाट हुने आम्दानी रकम बैंक खातामार्फत करोडौं रुपैयाँ भारत पलायन गर्दै आइरहेको समेत यो तथ्यसँगै खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय