जनकपुरधाम । धनुषा जिल्लाको हँसपुर नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृत सुबोध ठाकुरले कार्यभार सम्हालेका छन् ।

शुक्रबार बिहान हँसपुर नगरपालिकाको कार्यालय पुगेर उनले प्रशासनिक कमान सम्हालेका हुन् । यसअघि मुख्यमन्त्री कार्यालयमा रहेका अधिकृत ठाकुरले अब हँसपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्ने भएको छ ।

हँसपुर नगरपालिकाका मेयर प्रदीप कुमार यादवले अधिकृत ठाकुरलाई शुक्रबार हाजिरी गराएका छन् । उनले अधिकृत ठाकुरले बधाई दिँदै नगरपालिकाको प्रशासनिक जिम्मेवारी समेत सुम्पेका हुन् ।

आर्थिक तथा प्रशासनीक कार्यको जिम्मेवारीसहित अधिकृत ठाकुरले हँसपुरको कमान सम्हालेका हुन् । मेयर यादव र अधिकृत ठाकुरबीच उत्तम कार्य सँचालनको लागि सहमति समेत भएको हो ।

सो क्रममा मेयर यादवले अधिकृत ठाकुरले बेरुजु नियन्त्रण, सफल कार्य सम्पादनको लागि बधाई सहित निर्देशन समेत दिए । अधिकृत ठाकुरले जनप्रतिनीधि र कर्मचारीबीचको समन्वय सदैव रहने भन्दै मिले र विकास निर्माणको कार्यलाई तीव्रता दिने प्रतिवद्धता जाहेर गरे ।

हाजिरी गर्ने क्रममा अधिकृत ठाकुरले तराई मधेशमा उत्साहको साथ मनाइने रँगपर्व होलीको शुभकामना दिए । उनले सम्पूर्ण हँसपुर नगरवासी, सेवाग्राही, जनप्रतिनीधि र कर्मचारीहरुमा एकमुष्ठ शुभकामना जाहेर गरे ।

उनले होलीको पर्व आउने जाने भएपनि कर्मचारी, जनप्रतिनीधि र सेवाग्राहीबीचको सम्बन्ध होलीमय हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा नगर उपप्रमुख दुर्गा देवी, सबै वडाका वडाध्यक्ष, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय