आइसीसी क्रिकेट विश्वकप–२ एकदिवसीय प्रतियोगितामा नेपालले जित हासिल गरेकामा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली टोलीलाई बधाइ दिएका छन्।विश्वकप छनौट प्रतियोगितामा बिहीबार युएईमाथि गौरवपूर्ण जित हासिल गरेको भन्दै उनले नेपाली टिम, प्रशिक्षक तथा खेलाडीहरूलाई बधाइ दिएका हुन्।

यही अवसरमा मुख्यमन्त्री यादवले खेलाडीद्वय झा र शेखलाई प्रोत्साहनस्वरूप मधेश प्रदेश सरकारको तर्फबाट दुई/दुई लाख रूपैयाँ प्रदान गर्ने घोषणा गरेका मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरीले जानकारी दिए।

‘खेलाडी राष्ट्रका गहना हुन्,’ उनले भने। मधेश प्रदेशका दुई खेलाडी गुलशन झा र आरिफ शेखको खेलको मात्र प्रशंसा गरे। जबकि मधेश प्रदेश बाट ३ खेलाडीको प्रतिनिधित्व रहेको नेपाली टिममा मधेश बाट आरिफ र गुलशन सँग आसिफ पनि थियो । नेपालको अन्तिम खेलमा राम्रो प्रदर्शन गर्न नसकेको आसिफलाइ मधेश सरकारले विभेद गरेका छन । जबकि आसिफ को ठुलो भुमिका छ नेपाल टिम लाइ विश्व कप क्वालिफायर मा पुर्याउन ।

आफ्नो प्रदेशका खेलाडी गुलशन झाको तेजस्वी तथा सौर्यपूर्ण खेल लामो समयसम्म खेलप्रेमीहरुको सम्झनामा रहिरहने बताउँदै मुख्यमन्त्री यादवले मधेश प्रदेशका अर्का खेलाडी आरिफ शेष समेतले आफ्नो खेलद्वारा मधेशको मान बढाएको बताए तर नेपाल टिमको मुख्य भुमिका खेल्ने आसिफ शेखको नाम समेत लिएन ।सायद मधेश प्रदेश बाट कति खेलाडीको प्रतिनिधित्व छ भनेर मुख्यमन्त्री लाइ थाहा नभएको हुन सक्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय