जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिकाको आयोजना तथा अर्थ क्लिन ग्रिन फाउन्डेशन तथा ऐ.टु.जेड. इनोभेटिभ इन्डष्ट्रिज प्रा. लि को व्यवस्थापनमा पिपरा वडा नं ४ पिपरा गाउँपालिका देखि शिब मन्दिर सम्म रहेको मेन रोडमा सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।

अर्थ क्लिन ग्रिन फाउन्डेशन र ऐ.टु.जेड. इनोभेटिभ इन्डष्ट्रिज प्रा. लि.का प्रमुख दिपु ठाकुरको अध्यक्षतामा तथा पिपरा गाउँपालिका अध्यक्ष राम जानकी यादबको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पिपरा गाउँपालिका  वडा अध्यक्षहरु कार्यपालिका  सदस्यहरु, पिपरा प्रहरी चौकीका ईन्चार्ज, सरसफाई अभियानीहरु, पत्रकार मौसम झा, स्थानीयहरु, गाउँपालिकाका समाज सेवीहरु लगायत विभिन्न टोल विकास, विध्यालय, सहकारी संस्थाका १५० भन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको थियो ।

यो अभियान निरन्तर ५ बर्ष सम्म ७ वडामा सन्चालन गरिने गाउँपालिका अध्यक्ष यादवले जानकारी दिनुभयो । कार्यक्रममा आफ्नो घरबाट निस्केको फोहोर वर्गीकरणको आधारमा व्यवस्थापन गर्न र घर आंगन सफा राख्न अनुरोध गरीएको थियो ।

साथै गाउँपालिका स्तरिय साप्ताहिक सरसफाइ तथा १ नं सरसफाइ अर्थ क्लिन ग्रिन फाउन्डेशन सहकार्य र पिपरा गाउँपालिकाको आयोजनामा साप्ताहिक अभियान अन्तर्गत पिपरा बजार देखिको सरसफाइ अभियान सुरुवात गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय