जनकपुरधाम। नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष रोशनकुमार सिंह महोत्तरी जिल्ला क्रिकेट संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । जिल्ला क्रिकेट संघ महोत्तरीको सचिवमा दिपेन्द्र कुमार यादव विजय भएका छन् ।

क्रिकेट संघको केन्द्रीय कार्यसमिति चुनाव नजिकिँदै गर्दा जिल्लामा पनि पदाधिकारी छनोटको चटारो बढेको छ । त्यही क्रममा महोत्तरी जिल्ला क्रिकेट संघको अधिवेशन भएको हो ।

रोशनले क्यानको अध्यक्षमा उठ्ने तयारी गरिरहेको बताएका छन् ।

नेपाल क्रिकेट संघको कार्यसमिति चयनका लागि असोजमा चुनाव गर्ने तयारी छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय