काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यकर्ताले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै पुगेर प्रदर्शन गरेका छन् ।

सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयको आँगनमै पुगेर ३ युवाले सरकारविरुद्ध अर्धनग्न प्रदर्शन गरेका हुन् । उनीहरूले मान्छे मार्न पाइँदैन, ‘नो एमसीसी’लगायत नारा लेखेका प्लेकार्ड बोकेका थिए ।

सामान्य पोशाकमा सिंहदरबार छिरेका युवा प्रधानमन्त्री कार्यालयको ढोकैअगाडि पुगेर अर्धनग्न बनेका थिए । शुरूमा त्यहाँ रहेका सुरक्षाकर्मी अन्योलमा परे । तत्काल थप प्रहरी आएर उनीहरूलाई पक्राउ गर्न भ्याए ।

ढोकैअगाडि प्रदर्शन भइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यालयमै थिए ।

निषेधित क्षेत्र तोडेर सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार, संसद् भवन सबैतिर एकैपटक प्रदर्शन गर्ने नीतिअन्तर्गत प्रदर्शन गरिएको क्रान्तिकारी कम्युनिस्ट पार्टीका एक नेताले बताए ।

बालकुमारी घटना, एमसीसी, महंगी, भ्रष्टाचार लगायतविरुद्ध प्रदर्शन गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय