जनकपुरधाम । धनुषाको नगराईन नगरपालिका वडा नम्बर १ र ९ले चिसोबाट प्रभावित पूर्ण अपाङ्ग, जन्मजात हिँडडुल गर्न नसक्नेलाई आज आइतबार फाइबरको सिरक वितरण गरेको छ ।

नगराईन नगरपालिकाको वडा नम्बर– १ र ९ कार्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख विनय कुमार यादवले फाइबरका सिरक वितरण गर्नुभएको हो । नगराईन नगरपालिकाको नगरप्रमुख विनय कुमार यादवका अनुसार नगरमा रहेका गरिब, दलित, विपन्न तथा पिछडिएका वर्गका मानिसहरुका लागि सिरक आजबाट निष्पक्ष रुपले वितरण गर्न पठाइएको जानकारी दिनुभयो । पालिकाबाट विनियोजित गरिएको वृद्धवृद्धाहरुको लागि छुटयाएका कोषबाट सिरक खरिद गरि वितरण गरिएको उहाँले बताउनुभयो ।

नगर प्रमुखले भन्छन हामिले समयमा बितरण गरन सकेनाउ तर यो बर्ष प्रयोग भएन अर्को साल त पकै प्रयोग हुनेछ सम्पुर्ण जनता सँग अनुरोधका साथ साथै क्षमा समेत मागे । तेसै गरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम गुलाम लाल कर्णले भन्छन् आफुहरुलाई ढिला भयो किन कि नगर सभानै भको थिएन नगरपालिका धेरै दिन सम्म बिबादमा थियो तर आज हामि वितरण गरीरहेका छौ पैसालाई फ्रिज हुनुबाट बचायौ। यो बर्ष प्रयोग गरेन तर अर्को बर्ष त पकै प्रयोग गरीनेछ ।

प्रत्येक वडामा सिरक वितरण गर्न भनिएको मेयर यादवको भनाई छ । कार्यक्रममा नगराईन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत राम गुलाम लाल कर्ण, नगरका उपप्रमुख, पत्रकार लगायत जनप्रतिनिधि तथा वडाका जनताहरुको उपस्थिति रहेकोे थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय