दिपेश कुमार शाह, पर्सा । कोरोना भाईरसको दोस्रो चरणको माहामारी चलिरहेको बेला बाराको संचारकर्मीहरुको लागि सुरक्षित साथ आफ्नो कर्तव्य निर्वाह गर्न रेडियो बिरगंजका अध्यक्ष धुव शाहले नेपाल पत्रकार महासंघ बारा शाखालाई स्वास्थ सामग्री हस्तान्तरण गर्नु भएको छ ।

कोरोना माहामारीको अवस्था दिनानु दिन बढ्दै गएकोले उच्च सुरक्षा सतर्कता अपनाउँदै समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गर्नु भयो । साथै पत्रकार महासंघ बारा शाखामा निर्वाचित भएर केहि नहुने भएकाले चाँडो भन्दा चाँडो कार्यसमिति बैठक बसि जिल्लामा पत्रकारहरुको हक हितमा लड्न सुझाव पनि शाहले दिनुभयो।

कोभिड १९ को दोस्रो कहर बढ्दै गएकोले संचारकर्मी साथिहरुको सुरक्षा हकहितको लागि मास्क ४ सय थान र सेनटिनाईजर ५० थान नेपाल पत्रकार महासंघ बाराको उपाध्यक्ष रामबाबु मेहतालाई हस्तान्तरण गर्नु भएको छ । संचारकर्मी शाहले आफ्नो ब्यक्तिगत लगानी बाट प्रदेश न २ को सम्पुर्ण जिल्लामा सक्रिय संचारकर्मीको लागि सुरक्षा सतर्कता अपनाउनको लागि स्वास्थ सामग्री हस्तान्तरण गरिएको बताउनुभयो ।

सो अवसरमा नेपाल पत्रकार महासंघ बाराको सचिव अनिल कुमार गौरव ,कार्यसमिति सद्स्य नरेश गुप्ता , अनिल पाण्डेय , पन्नालाल दास लगायतको सहभागिता रहेको थियो । जिल्लामा भएका सम्पुर्ण सक्रिय संचारकर्मीलाई आजबाट नै बितरण शुरु गरिएको जानकारी समेत उपाध्यक्ष मेहताले गराएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय