जनकपुरधाम । यी युवाहरुको भनाइ अनुसार,पहिलो चरणको लकडाउन देखि नै आज दोस्रो चरनको लकडाउन सम्म दिन्हु ३०० देखि ५०० सम्मको हराहरिमा दुखपाएका गरिबलाई जसको केही छैन, लकडाउनको कारणले रोगले भन्दा भोकले कसैलाइ पनि ज्यान गुमाउन नपरोस् भनेर र विगत १ बर्ष देखि नि:शुल्क भोजन सेवा संचालन गर्दै आइरहेका हुन्।

तराई मधेशका दुई-युवाहरुले काठमाडौको विभिन्न ठाउमा रहेका गरिब मजदुरहरु लाई नि:शुल्क खाना खुवाउने कार्य गर्दै आइरहेका छन्।

यी दुई युवकहरु प्रदेश २ का सिरहा सुखिपुर नगरपालिका -२ बिद्यानगर बस्नेशिव यादवर ,धनुषा सबैला नगरपालिका – ९ बस्ने अन्सु यादव हुन ।

कोरोना भाइरसको महामारी र यसलाई नियन्त्रण र रोकथामका सरकारी निकायले गरेको निषेधाज्ञाजस्ता बन्देजका कारण कमाइ गर्न नपाउँदा उनीहरुको घरमा चुलो बल्न छाडेको छ ।

एक युवाले भन्छन् : हामीलाई कहिले काहीँ देश-बिदेश बाट सहयोग आएर र कुनै दिन कतै बाट पनि सहयोग नआए पनि आफ्नै गोजि बाट रकम खर्च रि भोजन-सेवा एक्दिन पनि नबिराइ ४०७ दिन देखि संचालन गर्दै आइरहेको छौ। मी युवाले सकेसम्म काठमाडौमा गरिब पीडित लाई सकेसम्म भकै बस्ने दिने छैनौ । हामी सकेसम्मको प्रयासमा छौं ।यो काम हामीहरु नि:शुल्क भोजन सेवा एकसय स ग्रुपबाट गरिरहेको छौ ।

एक मजदुर भन्छन् : ‘हामी मजदुरसँग एक सुक्को बचत हुन्न, काम नभएपनि भोक त लाग्दो रहेछ, यहाँ खाना बाँडेको देखेपछि आएको हुँ, एक हप्तादेखि ढुक्क छ’ खानाको लाइनमा बसेका अर्का मजदुरले निराश हुदै सुनाए, ‘उहाँहरुले बाँडुञ्जेल त खाना पाइएला, त्यसपछि के खाएर बाँच्ने तनाव छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय