जनकपुरधाम । कोरोनाको दोस्रो भेरियन्ट तीव्र गतिले फैलिरहेको अवस्थामा यसको नियन्त्रण र रोकथाम तर्फ कुनै ध्यान नदिई प्रदेश नम्बर २ मा बिरामीहरु स्वास्थ्य उपचार नपाई अस्पताल अगाडी नै छट्पटिएर ज्यान गुमाइरहेको बेला प्रदेशका सामाजिक विकास मन्त्री र उद्योगमन्त्री मन्दिर निरीक्षणमा व्यस्त रहेका छन्।

बुधबार सामाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय आफ्नो दलबलसहित सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाको विभिन्न मन्दिर तथा पर्यटकीय स्थलहरुमा घुमफिर गर्दै भेटिए।

सामाजिक विकास मन्त्री नवलकिशोर साहका स्वकीय सचिव राजकुमारले सामाजिक विकास एवं उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय तथा उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले सामाजिक सञ्जालमा आफूहरुको व्यवस्तता सहितको फोटो पोष्ट गरेका छन् ।

मन्त्रीद्वय साह र रायले वैरधवाको विवाह मण्डप, योगिनियाको वोटानिकल गार्डेन, सोही स्थानको अधुरो राधाकृष्ण मन्दिर र हनुमाननगरको अधुरो राममन्दिरको स्थलगत निरीक्षण गरेका हुन् भने राज्यमन्त्री मण्डलले कल्याणपुर नगरपालिका वडा नम्बर–१ भोक्राहामा श्री शिव मन्दिर निर्माण हेतु शिलान्यास गरेका छन् ।

सामाजिक विकास मन्त्रीका स्वकीय सचिव राजकुमारले सामाजिक सञ्जालमा दुवै मन्त्रीको व्यवस्तता सहितको फोटो पोष्ट गरेका छन्।

पाेष्टमा उल्लेख भए अनुसार मन्त्रीद्वयले वैरवाको विवाह मण्डप, योगिनियाको वोटानिकल गार्डेन, सोही स्थानको अधुरो राधाकृष्ण मन्दिर र हनुमाननगरको अधुरो राममन्दिरको स्थलगत निरीक्षण गरेका हुन्।

मन्दिरको निर्माण प्रदेश सरकारकै योजना चाँडै पुरा गरिने प्रतिबद्धतासमेत मन्त्रीद्वयले व्यक्त गरेका छन्।

प्रदेशका अस्पतालमा आवश्यक स्वास्थ्य संरचना, आवश्यक सामग्री र जनशक्ति अभावका कारण एकातर्फ बिरामीको ज्यान बचाउन सकिएको छैन्। भने अर्को तर्फ गत महिनासम्म पनि प्रदेशका मन्त्रीहरु मन्दिर र पोखरी सौन्दर्यीकरणकै शिलान्यासमा व्यस्त रहेका थिए।

 

सप्तरीमा मन्दिर निरीक्षणमा व्यस्त सामाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग मन्त्री रामनरेश राय। तस्बिर : स्वकीय सचिवको फेसबुक वालबाट साभार।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय