दिपेश कुमार शाह,रौतहट ।रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर ८ स्थित श्री जनता माध्यमिक विद्यालयको नमुना विधालय नवनिर्मित भवन उद्घाटन भएको छ ।भवनको उद्घाटन आज बैशाख २९ गते प्रमुख अथिति मौलापुर नगरपालिका नगर प्रमुख रीना कुमारी साहले गरेकी छीन् ।

कार्यक्रममा पालिका उप मेयर प्रमुख गौरीशंकर साह, वडा नंं.८ का अध्यक्ष बसन्त यादव, वडा नंं. ५ का अध्यक्ष बहिदार पटेल, नगरपालिकाको नि.प्र. प्रशासकीय अधिकृत रामबाबु साह, श्री जनता मा.वि. का प्र.अ. राजेन्द्र साह, सोही विधालयको शिक्षक अकिन्द्र यादव र राजेश सिंह लगायतको उपस्थिति रहेको थियो ।

शिक्षा मंन्त्रालयको आर्थिक सहयोग र मौलापुर नगरपालिका द्वारा नमुना विधालय अनुदान अन्तर्गत नवनिर्मित ४ कोठे भवन बनेको हो। उक्त भवनमा कुल रकम १ करोड ६० लाख ५१ हजारको लागतमा निर्माण भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय