तस्बिर गुगलबाट राखिएको छ ।

काठमाडौँ । सत्तारुढ दल नेकपाका दुई अध्यक्षबीच पार्टी बैठक बोलाउने नबोलाउने जुहारी छ । कसले कसलाई गलाउने भन्नेमा दुवै पक्ष आन्तरिक तयारीमा छन् ।

बिहीबार दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल बालुवाटारमा बैठक बोलाउने विषयमा गलफत्ती गरे ।

प्रधानमन्त्री ओलीले दाहाललाई भनेका थिए, ‘सकेको गर्नुस् । म अहिले बैठक बोलाउँदिन ।’ बैठकको आवश्यकता नै छैन । तपाईंले आफ्नो गर्नुस्, म आफ्नो गर्छु । दाहालले प्रस्ताव राखे, ‘सचिवालयका सदस्यहरुलाई पार्टी कार्यालय धुम्बाराही बोलाएर यहाँ भएका छलफल जस्ताको त्यस्तै ब्रिफिङ गर्छु । उहाँहरुको सुझावसमेत बोकेर फेरि म भेट्न आउँछु ।’

प्रत्युत्तरमा ओलीले भने, ‘औपचारिक बैठक बस्नुभयो भने त्यो नै पार्टी फुटको घोषणाको विन्दु हुनेछ ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय