सवारी चालक अनुमति पत्र सातै प्रदेशमा अनलाइन आवेदन खुला ! - हाम्रो जनकपुर

जनकपुरधाम । कोरोना महामारीका कारण बन्द गरिएको सवारी चालक अनुमतिपत्रको आवेदन खुल्ने गरिएको छ । विश्वव्यापी महामारी रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएको अनलाईन आवेदन सरकारले सातै प्रदेशमा खुला गरेको हाे ।

बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सूचना प्रकाशित गर्दै अनलाइनमार्फत् फारम भर्न सकिने जनाएको छ। सूचनामा उल्लेख भए अनुसार प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय र त्यस अन्तर्गत कार्यालयको माग अनुसार चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फारम खुला हुनेछ ।

आवेदन दिन इच्छुक व्यक्तिले प्रदेशको सम्बन्धित मन्त्रालय र यातायात कार्यालयमा गएर आवेदनका लागि सम्पर्क गर्न सकिनेछ । त्यसका लागि सरकारले सातै प्रदेशका विभागीय मन्त्रालयका सूचना अधिकारी र सम्बन्धित व्यक्तिको नम्बर उपलब्ध गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय