महोत्तरी । गौशालाको एक बिधालयमा दिवा खाजाकाे समितिबाट नाम हटाइएको भन्दै प्रधानाध्यापक उपर हातपात गरिएको छ । महोत्तरीको गाैशाला नगरपालिका ६ स्थित मा.वि. भेडियाही फुलकाहाका प्रधानाध्यापक शैलेन्द्र कुमार ठाकुर उपर स्थानियले हातपात गरेका छन ।

विद्यालयमा संचालित दिवाखाजा समितिमा श्रीमतीको नाम नराखेको निहुँमा स्थानिय रामवाबु यादव उर्फ जहराले प्रधानाध्यापक ठाकुर उपर हातपात गरेका हुन ।
मंगलवार कक्षा घण्टी सकिएर कार्यालय आएका प्रधानाध्यापक उपर यादव र उनका छोरा मनोहर यादवले गाली गलौज गर्दै हातपात गरेका हुन । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष गजेन्द्र राय यादवले सम्झाउदा समेत उनको कुरा नामानिकन यादवले प्रधानाध्यापक उपर जाई परेका थिए ।

गत माघ ५ गते विद्यालयमा गठित दिवा खाजा व्यवस्थापन समितीको नाममा रहदै आएको श्रीमती शान्तिदेवीलाई एकाएक हटाएको भन्दै हातपात गरेको विद्यालयका प्रधानाध्यापक शैलेन्द्र ठाकुरले बताए । समिती गठन गर्ने क्रममा आफुले वडा कार्यालय र विद्यालय व्यवस्थापन समितीको निणर्य अनुसार नै सो समितीलाई पुणर्ता दिएको प्रधानाध्यापक ठाकुरले जानकारी दिए ।

विद्यालय परिवारले कुटपिटमा संलग्न रामवावु र उनका छोरा मनोहरलाई कारवाहीको लागि सरोकारवाला निकायसमक्ष माग गरेका हुन । रामवावु यादव वडा नं. ६ का वडासदस्य शान्तिदेवी यादवका श्रीमान हुन ।

“हातपात भएको घटना प्रती नेपाल शिक्षक महासंघ गौशाला नगर पालिका समिती र सोनमा गाउपालिका समितीले घोर भर्तसना गरेको छ”

यस सम्बन्धमा गौशाला नगरपालिकाका शिक्षा शाखा शिक्षकमाथि हातपात गर्नेलाई कानुन अनुसार कारवाही गर्ने बताएका छन ।

उता मा.वि. फुलकाहाका शिक्षक शैलेन्द्र ठाकुर माथी हातपात भएको घटना प्रती नेपाल शिक्षक महासंघ गौशाला नगर पालिका समिति र सोनमा गाउपालिका समितिले घोर भर्तसना गरेको छ, दोषीलाई कार्वाही नहुदा हामी चरनबद्ध आन्दोलनमा जाने कुरा सोनमा गाउपालिका शिक्षक महासंघका उपाध्यक्ष तथा नेपाल राहत शिक्षक प्रदेश नं २ का उप-महासचिव धर्मेन्द्र कुमार यादवले जनाएको छ ।-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय