रौतहट / रौतहट निर्वाचन क्षेत्र नं.१ स्वतन्त्र बाट प्रतिनिधि सभा सदस्य मा प्रा. डा.राजेन्द्र प्रसाद साह ले उमेदवारी घोषणा गरेका हुन्।

रौतहट क्षेत्र नं.१ बौद्धिक समुहको क्षेत्र मानिने र यस क्षेत्रबाट बौद्धिक वर्गबाट चिकित्सक प्रा.डा.राजेन्द्र प्रसाद साह (हाड जोर्नी तथा नसा रोग विशेषज्ञ)प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणाका साथ २९ सूत्रीय घोषणा जारी गर्नु भएको छ।

यस क्षेत्रबाट पूर्व पप्रधन मन्त्री माधव कुमार नेपाल र गत नगरपालिका को मेयर को चुनाव मा पराजित भूतपूर्व मेयर अजय गुप्ता समेत रहेका हुन्।उहाँको उम्मेदवारी मेरो उम्मेदवारी रौतहट क्षेत्र नं १बाट स्वतन्त्रबाट विकृत स्वास्थ्य सेवा,गरिबी, अशिक्षा, अस्वस्थ्य राजनीति,विकास विरोधी तत्व,कृषकको श्रम शोषण विरुद्ध, अन्याय, अत्याचार, भ्रष्टाचार,बेरोजगारी तथा युवा विदेश पलायन विरुद्ध,देशका युवा समुहलाई देश मै रोजगारी सिर्जना गरी विदेश पलायन रोक्नको लागी उमेदवारी घोषणा गरेका हुन् ।उहाँको चुनावी घोषणा यस प्रकार छन्।

१.गौर – बैरगनिया सीमा आवत जावतको समस्याको गाँठो फुकाउने काम प्रथम गर्ने छु।

२.गौर अस्पताललाई multi – speciality मा परिवर्तित गरी referal को समस्यालाई नियुनिकरण गर्ने।

३ .किसानको लागी मल -खाद्यको भण्डारण तथा क्षेत्र 1. मा सिंचाई को कार्यलाई तिब्रता दिने।

४.स्नातकसम्म महिलाको शिक्षा कोलागि आवासीय शिक्षण संस्थाको स्थापना र गुणस्तरीय शिक्षाको लागी पहल गर्ने।अस्थाई, ज्यालादारी र करारका सेवामा रहेका शिक्षक तथा कर्मचारीहरुको समस्याहरूलाई समाधान गर्ने।

५.युवा वर्गलाई लक्षित गरी रोजगार सिर्जनाकोलागी उद्योग स्थापना गराउने।

६. ड्राइभिङ लाईसेन्सकोलागि रौतहटको सदर मुकाम वा आस पासमा ड्राइभिङ ट्रायल इन्स्टिच्युटकोलागी यातायात मन्त्रालयसंग तुरन्त पहल गर्ने।

७. सिनियर नागरिककोलागि घर दैलो स्वास्थ्य परीक्षण गराई सम्बन्धित निकायसंग सहयोग गराउने।

८.गाउँमा बसेका महिलाहरुलाई तालिम दिई घरेलु शिपको विकास गर्ने र आय श्रोत कार्यको सिर्जना गर्ने र उत्पादित समान लाई बजार सम्म पुर्याउने।

९. बाढी, पहिरो र डुबान नियन्त्रण,बाढी न्यूनीकरणकोलागि बाँधको स्तरउन्नती गर्ने।

१०.गौर नाकामा ड्राईपोर्टको व्यवस्था।

११.रौतहटमाऔधोगीक क्षेत्रको निर्माण।

१२.रंगशाला र कबडहल निर्माण यथा शीघ्र पहल गर्ने।

१३.सासंदिय कोटाबाट विशिष्ठ स्वास्थ्य सेवा र शिक्षा स्तरमा लगानी।

१४.ढल व्यवस्थापनमा आधुनिकरण

१५. गुणस्तरीय खानेपानीको व्यवस्था,

१६. ट्राफिक व्यवस्था

१७. भ्रष्टाचार उन्मूलन,

१८. सिन्डिकेशन र कार्टेलिंग निवारण,

१९. बलात्कार, हत्या र मानवतस्करी नियन्त्रण,

२०. प्रशासन, पुलिस, विकास र न्याय प्रशासनमा सुशासन,

२१. वेरोजगारी निर्मूलन वा रोजगारी सिर्जना,

२२. सडक तथा एयरपोर्ट वा यातायात पूर्वाधारको तीव्र विकास,

२३. पर्यावरण व्यवस्थापन,

२४. शान्ति सुरक्षा र अमनचयन प्रत्याभूति सम्पूर्ण जनता लाई दिने।

२५. व्यापार शिक्षा स्वास्थ्य वैदेशिक रोजगार व्यावसायमा माफिया निर्मुलन,

२६. सरकारी कर्मचारीमा सदाचार विकास र तिनको प्रभावकारिता र क्षमता सुदृढिकरण,

२७. सडक मर्मत र सुरक्षा व्यवस्थापन,

२८. आध्यात्मिक जागरण र नैतिकताको सामाजिक सद्भाव र सहिष्णूता अभिवृद्धिकरण,

२९. आधुनिक प्रविधि र आईटीको विस्तारिकरण ।

उहाँको उम्मेदवारी घोषणाले यहाँको जनतामा आशा पलाएको छ।यस क्षेत्रको बौद्धिक समुहमा र चोक र चिया पसल समेतमा उहाँको चर्चा हुने गरेको छ।यस क्षेत्रबाट विजयी हुनका लागी चाहिने विभिन्न आधारहरू उहाँको पक्षमा देखिन्छ।यस पल्ट क्षेत्र १ को चुनाव रोमाञ्चक हुने जनता को भनाई छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय