काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३६५ जना कोरोना संक्रमितको विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार ६९ जना भेन्टिलेटरमा र २९६ जना संक्रमित आइसियुमा उपचाररत छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १८४ जना आइसियु र ५२ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४५ जना आइसियु र ४ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३१ जना आइसियु र ९ जना भेन्टिलेटरमा र प्रदेश २ मा १२ आइसियु उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदूरपश्चिममा ५ आइसियु र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा १५ आइसियु र ३ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ४ आइसियु उपचाररत रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय