रबिन्द्र प्रजापति २७ कार्तिक रौतहट । रौतहट स्थित प्रहरीले ४ लाख मूल्य बराबरको विभिन्न प्रकारको भारतिय रेडिमेड कपडा र पाडो बरामद गरेको छ ।

जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत जिल्ला प्रहरी तथा मातहत प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट भन्सार छली चोरी नेपाल तर्फ भित्र्याएको ४ लाख मूल्य बराबरको रेडिमेड कपडा र पाडो बरामद गरेको हो ।

ईशनाथ नगरपालिका वडा नं.१ बन्जरहा स्थितमा भारतवाट पाडो नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा प्रहरी गस्ती टोलीलाई देखि पाडो धपाउने मानिसहरु उक्त पाडो छाडी भागी फरार भएकोले प्रहरीले बरामद गरेको थियो ।

त्यसैगरी गौरको विभिन्न स्थान बाट दुईलाख ५० हजार बराबरको रेडिमेड कपडा बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताएका छन । बरामद कपडा र पाडो आवश्यक कार्वाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय