जनकपुरधाम । करिब ९ महिनापछि सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम खुला भएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले २०७६ चैतदेखि सवारी चालक अनुमतिपत्रको फारम र प्रयोगात्मक परीक्षा बन्द गरेको थियो ।

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर मंगलबारबाट सातै प्रदेशमा सवारीचालक अनुमतिपत्रका लागि अनलाइन फाराम खुला गरिएको यातायात विभागका निर्देशक डा.लोकनाथ भुसालले जानकारी दिए ।

“साना तथा ठूला सबै प्रकारका सवारीको लागि मंगलबारबाट देशभर सवारी अनुमतिपत्रको लागि अनलाइन फारम खुला गरिएको छ,” निर्देशक भुसालले भने, “केही महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको फारम खुला भएसँगै अब लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) नियमित हुनेछ ।”
लकडाउन अगाडिका ट्रायल दिन नपाएका परीक्षार्थी विभागले चाँडै सम्बोधन गरी ट्रायल लिने जनाइएको छ ।

यसको लागि विभागले आन्तरिक तयारी गरीरहेको र कानुनी जटिलता समाधान भएसँगै ट्रायल लिने विभागले जनाएको छ । उपत्यकामा चारसहित देशभर विभागका १७ कार्यालयबाट अनुमतिपत्र वितरण, नवीकरण गरिँदै आएको छ । हाल मोटरसाइकलमा दैनिक १ सय, स्कुटर र चारपाङग्रे सवारीमा ५०÷५० गरी कुल २ सयले अनलाइन आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

यस्तै, लिखित परिक्षा पास गरेका परिक्षार्थीले अब १८ महिनासम्म ट्रायल दिन पाउने भएका छन् । लकडाउनका कारण लिखित परीक्षा पास भएर ट्रायल दिन नपाएका र पहिलोपल्ट ट्रायलमा फेल भएका परिक्षार्थीलाई लाभान्वित हुने गरि यो नियम जारी गर्ने तयारी भएको हो ।

सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम भरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय