राजेन्द्र महतो/ लहान। प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका -१ कचनारी बाट स्रोत नखुलेको ९ लाख ३९ हजार ९ सय १५ रुपैया सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बरियारपट्टी गाउँपालिका – २ खोक्सी का ४० बर्शिय मोहमद सगिर मियाँ र सोही ठाउँ का २४ बर्शिय को मेहदि मंसुर रहेका छन् ।

बरियारपट्टी गाउँपालिका – १ कचनारी स्थित प्रहरी चौकी कचनारी सिरहा बाट खटिएको प्रहरी गस्ति टोलीले भारत बाट नेपाल तर्फ आउदै गरेको स ८ प ९६१४ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा स्रोत नखुलेको अवैध रकम फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जना लाई नगद रकम सहित ईलाका प्रहरी कार्यालय महेशपुरपतारमा राखिएको छ। घटना बारे थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता सालिग्राम सर्माले बताएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय