विराटनगर । श्रीमती हत्या गरेको आराेपमा मोरङबाट एक जनालाई प्रहरीले पक्राउ परेका छन् ।

सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५ की सावित्री दाहाल ऋषिदेवको हत्यामा संलग्न भएको आरोपमा उनका श्रीमान ४४ वर्षीय विष्णु ऋषिदेव पक्राउ परेका हुन् ।

सावित्रीको शव घरमा नै आइतबार राति ८ बजे भेटिएको थियो । शरीरमा निलडाम देखिएपछि प्रहरीले श्रीमानलाई पक्राउ गरेको थियो । पक्राउ परेका श्रीमानले कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले पक्राउ परेका ऋषिदेवमाथि म्याद थप गरी अनुसन्धान सुरु गरिएको बताए ।

मादक पदार्थ सेवन गरेर झगडा गर्दै सधैं पैसा माग्ने गरेका कारण कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको विष्णुले स्वीकार गरेको प्रहरीले बताएको छ ।

आर्थिक अवस्था कमजोर रहेका विष्णुको १८ वर्षअघि अन्तरजातीय प्रेम विवाह भएको थियो । उनीहरुका तीनजना छोरीहरु छन् । जेठी छोरीको विवाह भइसकेको छ भने १५ र १२ वर्षीया छोरीहरु घरमा छन् । आमाको हत्या आरोपमा बुबा पक्राउ परेपछि दुई छोरीको बिचल्ली भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय