जनकपुरधाम । प्रदेश नम्बर २ को जनकपुरधाम स्थिति जानकि मन्दिर प्राङ्गणमा मिथिलाञ्चलमा लोप हुँदै गईरहेको जोगिरा गीत (फागुवा गीत ) लाई संरक्षण गर्ने उद्देश्यले मिथिला नाट्य कला परिषदले आयोजना गरेको दुई दिवसीय होली महोत्सव अन्तर्गत जोगिरा गायन प्रतियोगिता सम्पन्न भएको छ।प्रतियोगितामा तीन जिल्लाका १० वटा टोलीको सहभागिता रहेको थियो। प्रतियोगितामा जमुनीवास, बसैहिया, गेरुवाही, वभनगामा युवा क्लव, खर्ताल युवा होली समूह, लादोबेला, विश्वम्भरपुर, मंगलपुर लगायतको होरैया टोलीको सहभागिता रहेको थियो।प्रतियोगितामा वभनगामा युवा क्लबको टोली प्रथम पुरस्कार जित्न सफल भएको छ। त्यस्तै दोस्रो पुरस्कार जमुनीवास र तेस्रो पुरस्कार खर्ताल युवा होरी समूह जित्न सफल भएको हो।

जोगिरा गायन प्रतियोगितामा पहिलो हुने टोलीलाई ६ भरीको चाँदीको शिल्ड, दोस्रो हुने टोलीलाई ५ भरिको चाँदीको शिल्ड र तेस्रो हुने टोलीलाई ४ भरिको चाँदीको शिल्ड प्रदान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय