जनकपुरधाम । धनुषा जिल्लाकाे सबैला स्थित गएराती (सोमबार) एक युवकमाथि आक्रमण गर्दा घाईते भएका छन् ।

धनुषाको सबैला नगरपालिका वडा नम्बर ३ सबैलास्थित गएराती करिब ८ बजेको समयमा स्थानीय जीतेन्द्र कुमार राममाथि सोही स्थान बस्ने रामजीवन महरा र उनका छोराहरुले आक्रमण गरेको आरोप लगाइएको छ ।

रामजीवन सहित उनका जेठो छोरा रंजित महरा तथा कान्छो छोरा सुकेसर महराले एक्लो भएको मौका छोपेर आक्रमण गरेको आरोप पीडित रामले लगाएका छन् ।

“योजनाबद्ध तरिकाले उनिहरुले लाठी सहित बोतलले समेत मलाइ एक्लो भएको मौका पारी टाउको फुटाए संगै हात भाचिदिएको तथा मैले चलाउदै गरेको ओप्पो एफ फाइब युथ मोबाइल,घडी समेत लिएर भागेको छ।”– पीडित रामले बताएका छन् ।

गएको स्थानिय तहको चुनावमा एमाले उम्मेदवारहरुलाइ भोट नदिएको भन्दै विगतदेखि नै रिसबी साध्नको लागि झगडा गर्न निहु खोज्दै आएको बताइएको छ ।

घटनालाई इलाका प्रहरी कार्यालय सबैलाले समेत पुष्टि गरेको हो । गएराती भएको सो घटनामा पीडित रामको टाउको फुटेको छ भने हात समेत फ्याक्चर भएको बताइएको छ ।

घटनापछि समयमै पुगेको इलाका प्रहरी कार्यालय सबैलाको प्रहरी टोलीले आक्रमण गरेको आरोपमा रामजीवनका जेठो छोरा रँजीत महरालाई नियन्त्रणमा लिएको छ ।

“रामजीवन महराले केही दिन अगाबै मात्र सबैला नगरपालिकाकै एक ब्यक्तिसंग जग्गा नामसारीमा हेरफेर हुदा सात लाख ७,००,००० रुपैया तथा आफ्नै भाइसंग जग्गाको हेरफेर गरि २ लाख रुपैया लिएको सम्बन्धमा मैले बुझ्न खोज्दा मारिदिने धम्की समेत दिएको थियो।”– पीडित रामले भने ।

सोमबार साँझ ७ बजेतिर आफ्नै घर अगाडि उनीहरुले कोही अरुसँग झगडा गर्दै गर्दा आफुले झगडा न लम्बियोस भनेर झगडा रोक्न खोज्दा म माथी एकलै भएको मौका पारी तिनै बाउछोराले संघातिक आक्रमण गरेको हो।

पीडित रामका अनुसार, उनीहरुले बाटोमै मारेर फालिदिने योजना बनाएको महसुस गरेको आरोप पनि लगाएको छ । उनले प्रहरी समयमै आएर आफ्नो ज्यान बचाएको जीकिर गरे ।

यता, इलाका प्रहरी कार्यालय सबैलाले उनको जेठो छोरालाई नियन्त्रणमा राखेर अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो भने पीडित रामले उनीहरुमाथि किटानी जाहेरी दिने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय