दिपेश कुमार शाह,रौतहट। रौतहट जिल्लाको माधव नारायण नगरपालिकामा गए राति चार घरमा चोरी भएको छ ।

वडा नं ६ माधोपुर बस्ने सुरेन्द्र राय, रामबालक यादव,नारायण यादव र मोजा दासको घरमा चोरी भएको हो । विश्व अक्रान्त कोभिड १९ कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गरेर घर चलाउनका निम्ति राखेको रकम चोरी भएको सुरेन्द्र रायले बताए। चारै घरबाट करिब ८ लाख बराबर को गरगहना लगेका पिडितहरुले बताएका छन।

नारायण यादव , मोजा दास को घर बाट लाखो को गरगाहना चोरी गरी लगेको स्थानीयवासीले जनाएका छन् ।
यसैगरी माधोपुर निवासी रामबालक यादको घर बाट ३ लाख बराबर को गरगहना चोरी भएको यादवले बताए छन्।

 

केही दिनयता यस क्षेत्रमा चोरीको घटनामा वृद्धि भएको छ । एकै रातमा चार घरमा लुटपाट र चोरी भएपछि स्थानीयवासी त्रसित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय