हाम्रो जनकपुर डेस्क । मोरङको विराटनगर महानगरपालिका–१८ फोरलाईनस्थित सडकमा को १ च ५३०१८ नम्बरको पिकप भ्यानबाट करिब १ सय २० केजी अवैध लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।

बुधबार राती उक्त परिमाणमा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । फोरलाइनस्थित सडकमा पिकप भ्यान रोकी चालक फरार भएपछि ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले भ्यानको तालसी लिएको थियो ।

तलासीका क्रममा उक्त गाडीमा प्रहरीले गाँजा फेलापारी बरामद गरेको हो । हाल फरार भ्यानका चालकको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय