विराटनगरमा संवाद सेसन सम्पन्न भयो। संवाद फाउण्डेशन मोरङको आयोजनामा शनिबार संवाद सेसन सुरु भयो।

 

संवाद सेसनको पहिलो सत्रमा संवाद फाउण्डेशन मोरङका सदस्य एवम् कानुन संकायका विधार्थी सुरज बाबु पटेलले सुचनाको हक र त्यसको कार्यान्वयन का विषयमा प्रस्तुतिकरण गर्यो भने संवाद फाउण्डेशन का अर्का सदस्य समेत रहेका कानुन अध्ययनरत विद्यार्थी राजिव साहले नेपालमा हुने बाल श्रमका विषयमा प्रस्तुतिकरण गर्यो । कार्यक्रमको पहिलो सत्रको सञ्चालन संचारकर्मी समेत रहेका संवाद फाउण्डेशन धनुषाका संयोजक दिवेश कुमार महतोले गर्यो।

संवाद सेसनको दोस्रो सत्रमा लागु औषध सेवन बिरुध्दको अभियानमा सक्रिय युवा अभियन्ता संजिव चापागाईले लागु औषध दुर्व्यसनीहरुको नियन्त्रणका लागि मानिस स्वयंमले सकरात्मक परिवर्तनको थलानी गर्नुपर्ने आवश्यक रहेको भन्नुभयो। यसका लागि सरकार पनि उतिकै गम्भिरता का साथ चासो लिनुपर्ने आवश्यक रहेको बताउनुभयो। त्यस्तै दोस्रो वक्ताको रुपमा ईश्ववर भण्डारीले हालको अवस्थामा सञ्चारले निम्ताएको दोहरो सुचना र भ्रामक सुचनालाई क्रस चेक गरेर काम गर्न आग्रह गर्नुभयो। यसका लागि कुनै पनि काम गर्दा भिडको पछिभन्दा पनि स्वयंमले संयमित भएर आगाडि बढ्नुपर्ने आवश्यक रहेको भन्नुभयो।

 

 

समाजिक अभ्यासको विषयमा बोल्दै अर्का बक्ता कुमार पृथुलेब दलिँदो परिवेशमा डिजिटलको प्रयोगले ग्रामिण भन्दा सहरी क्षेत्रका पिढिहरुला‌ई स्वास्थ्य सँग संक्रमित को सङख्या बढी रहेको बताउनुभयो। यसका लागि अभिभावकत्व गम्भिर बन्नुपर्ने र स्वास्थ्य नै जिबनको मुख्य आधार रहेको बताउनुभयो।

सोही दोस्रो सेसनको सञ्चालक भने संचारकर्मी हुसेन सेखले गर्नुभयो र कार्यक्रममा सहभागीहरुले वक्ताहरुमाझ प्रश्न र जिज्ञासा राख्यो

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय