विराटनगर । सुनसरीको दुहबी नगरपालिकामा नेकपा एमाले र नेपाली कांग्रेस कार्यकर्ताबीच झडप भएको छ ।

स्थानीय तह निर्वाचनको प्रचार-प्रसारका क्रममा ठूलो आवाजमा डिजे बजाएको विषयमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो ।

दुहबी नगरपालिका-९ को छाताबेली चोकमा नेकपा एमाले र नेपाली कांग्रेस कार्यकर्ताबीच झडप भएको प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख सञ्जयसिंह थापाले बताए ।

उनका अनुसार शुक्रबार चुनाव प्रचारप्रसारका क्रममा नेपाली काङ्ग्रेस वडा अध्यक्ष उम्मेदवार मेहदी हुसेनको घर आसपास एमाले उम्मेदवार ताबिज हुसेनसहितले ठूलो आवाजमा डिजे (गीत) बजाएको भन्दै विवाद सुरु भएको थियो । विवादपछि आक्रोशित भिडले साउण्ड सिस्टमा राखिएको गाडीमा तोडफोडपछि झडप भएको थियो।

झडपछि घटनास्थलमा भेला भएको भिडलाई प्रहरीले नियन्त्रणमा लिएको र सुरक्षा व्यवस्था कडा बनाएको सुनसरीका प्रहरी प्रमुख थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय