गणेश कुमार सिंह,महोत्तरी । गौशालामा एक वडा अध्यक्षले आफु असुरक्षित भएको भन्दै एक हप्ता देखि वडा कार्यालयमा आफैले ताल्चा लगाएका छन् ।

वडा अध्यक्षले ताल्चा लगाएपछि सेवाग्राहीहरुको काम काज प्रभावित भएको छ ।गौशाला नगरपालिका वडा न. ६ का वडा अध्यक्ष रामस्वार्थ यादवले असोज ८ गते स्वास्थ्य स्वयंसेविका छनौटमा विवाद हुँदा आफु असुरक्षित भएको भन्दै कार्यालयमा आफैले ताल्चा लगाएका हुन् ।

वडा न. ६ को स्वास्थ्य स्वयंसेविकाको मासिका अनिता देवीले भदौ २२ गते आमा समुहको बैठक बसाएर ३ जना नयाँ स्वयंसेविका भर्ना गरेका छन् र एउटा असहाय विधवा नुतन यादवलाई भर्ना गर्दा वडा अध्यक्षले आफ्नो बुहारीलाई राख्नुपर्छ भनेपछि विवाद भएको थियो ।

मासिका अनिता देवीले सबै ठाउँमा वडा अध्यक्षले आफ्नै नातेदारलाई जागिर दिन खोजेको बताइन । उनले भनिन् , “हामीले अध्यक्षको कुरा नमाने पछी उनले नौटंकी गरेर वडा कर्यालयमा ताल्चा लगाएका हुन् । हामीले कुनै प्रकारका धाक धम्कि दिएका छैनौं ।”वडाको स्वास्थ्य प्रमुख तेजनारायण यादवले वडा अध्यक्षकको बुहारीलाई स्वयंसेविकामा नराखे पछी विवाद उत्पन्न भएको बताए ।

उनले भने , “वडा अध्यक्षको आफन्तहरुलाई नराखे पछी यस्तो विवाद भएको हो । यहाँ सबैको आफ्नो स्वार्थ रहेको कारण यो विवाद भएको हो । चार जना नयाँ स्वास्थ्य स्वयंसेविका गठन गरिएको छ । जसमा नियम बमोजिम कुनै पनि छैन ।”त्यस्तै वडा अध्यक्षले आफुलाई गोलि हान्ने धाक धम्कि आएपछी सुरक्षार्थ कार्यालयमा ताल्चा लगाएको दावी गरेका छन् । उनले आफ्नो सुरक्षाको लागि नगप्रमुखसँग माग गरेको बताए । साथै आफु सुरक्षित नभएसम्म कार्यालय नखुल्ने उनको भनाइ छ ।

वडा अध्यक्ष र मासिका आफ्नो लोभ र प्रलोभनमा परेर सेवा ग्राहीलाई एक हप्ता देखि दु:ख दिइरहेको एक स्थानीयले आरोप लगाएका छन् ।त्यसैगरि महिला स्वास्थ्य स्वयंसेविकाको मधेश प्रदेश अध्यक्ष सुलेखा ठाकुरले स्वयंसेविका बन्नको लागि १० कक्षा उत्तीर्ण गरेको र आमा समुहमा रहेको हुनुपर्ने जानकारी दिईन । फुलकाहा वडामा भएको स्वयंसेविका गठन गलत तरिकाले भएको बताइन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय