भदौ ३ गते । जनकपुरधाम

मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित मोनाष्टिक आवासिय उच्च माध्यमिक विद्यालयले राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा प्रदेशमै प्रथम स्थान ल्याएको दाबी गरेको छ ।

 

कक्षा १२ को वार्षिक परीक्षामा व्यवस्थापन संकायतर्फ सुमित साहले ३.८७ अंक ल्याई प्रदेशमै प्रथम स्थान हासिल गरेको विद्यालयको दाबी छ । त्यस्तै, विज्ञान संकायतर्फ श्रुति यादवले ३.७२ र कानून संकायतर्फ सुनिल यादवले ३.६० अंक ल्याई उत्कृष्ट स्थान प्राप्त गरेका छन् ।

मोनाष्टिक उच्च माविले यस वर्ष ४५० जना परीक्षार्थीलाई कक्षा १२ को परीक्षामा सहभागी गराएको विद्यालयका निर्देशक डा. सोनु साहले जानकारी दिए । विद्यालयले आइतबार एक कार्यक्रमका बीच ती विद्यार्थीहरूलाई सम्मान गरेको छ । विद्यालयका निर्देशक डा. सोनुले प्रदेशमै प्रथम स्थान ल्याएका सुमित साहलाई नगद ११ हजारसहित सम्मानपत्र र मेडल, श्रुति यादवलाई नगद ८ हजारसहित सम्मानपत्र र मेडल तथा सुनिल यादवलाई नगद ५ हजारसहित सम्मानपत्र र मेडल हस्तान्तरण गरेका हुन् ।

त्यस अवसरमा बोल्दै विद्यालयका निर्देशक डा. सोनुले शिक्षा क्षेत्रमा मोनाष्टिकले देशकै पहिचान कायम गर्न सफल भएको बताए । शैक्षिक गुणस्तरीयतालाई मूल मन्त्र मानेर आफ्नो विद्यालय अगाडि बढेको र उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीलाई जनकपुरधामबाहिर जानुपर्छ भन्ने मान्यता अब क्रमशः हट्दै गएको बताए ।

सम्मानित विद्यार्थीहरूले मोनाष्टिकको शैक्षिक वातावरण मन परेर आफूहरूले यस विद्यालयलाई रोजेको र उत्कृष्ट वातावरणमा अध्ययन गर्न पाउँदा आफूहरूले सोंचेजस्तो नतिजा हासिल भएको बताए । मोनाष्टिक कलेजले गर्दै आएको विधार्थीहरु प्रतिको सम्मान र उचित मुल्याङ्कन को कामलाई प्रशंसा गर्दै खुशी व्यक्त गर्दै आफुहरु अझ उत्साहित भएको कुरा विधार्थीहरुले‌ बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय