गत सम्पन्न भएको स्थानीय तहको चुनावमा धनुषाको लक्ष्मिनिया गाँउपालिका बाट उमेदवारी दिइएका मध्ये धेरै उम्मेदवारहरु निर्वाचन आयोगको जरिवाना लाग्ने सुचीमा परेका छन्। त्यसमा एक जना यस्तो उमेदवार छ ,जसले स्वच्छ एवम् इमान्दारिता र युवाहरुको पहलदायी कदमले निर्वाचन आयोगको निर्देशनलाई पालना गर्दै उक्त जारिवाना लाग्न बाट बच्न सफल भएको छ।

लक्ष्मिनिया गाँउपालिका वार्ड नं-७ मा राप्रपा बाट उमेदवारी दिइएका सुदिप झाले निर्वाचनको निर्देशनलाई पालना गर्दै चुनावको सम्पुर्ण खर्च विवरण पारदर्शी तरिकाले बुझाएका थिए। तर गाँउपालिका मै यसरी कुनै उम्मेदवारले चुनावी खर्च नबुझाएको कुरा बुझिएको छ। गाँउपालिका को चुनावमा होमिएका उमेदवारहरु चुनाबको खर्च विवरण नबुझाँउदा कालो सुचिमा मा पर्न गएको हो तर सुदिप झा एकल मात्र त्यस्तो व्यक्ति,जो चुनावी खर्च बुझाएर आफुलाई सुरक्षित राखिएको छ।

सो कार्यले अहिले सुदिप झाको चर्चा गाँउपालिका मा भईरहेको कुरा एक गाँउपालिका मा कार्यरत कर्मचारीले बताए। उनका अनुसार यसरि युवा नेतृत्व र स्वच्छ एवम् इमान्दारिता भएको व्यक्ति हाम्रो गाँउसमाजमा आवश्यकता रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय