ढल्कवेर

धनुषाको एकै गाँउबाट १५ जना राष्ट्रिय हक्की खेलाडीका रुपमा छनौट भई नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन भोली पोखरा जादै छन् । मधेस प्रदेशको राजधानी जनकपुरधाम देखि उत्तरी भेगमा पर्ने धनुषाको मिथिला नगरपालिका वार्ड नं -२ नक्टाझिज बाट १४ जना र मिथिला नगरपालिका वार्ड -१ लक्ष्मिनिवास बाट १ जना गरी जम्मा १५ जना खेलाडी छनौट भएका छन्। त्यस्तै खो-खो खेल तर्फ पनि मिथिला नगरपालिका वार्ड नं -२ बाट एकजना महिला खेलाडी मधेस प्रदेशको लागि छनौट भएकी छिन्।

सोमबार नक्टाझिज स्थित रहेको हिमालय युवा क्लबको खेलमैदान जारी रहेको हक्की बन्द प्रशिक्षण कार्यक्रममा खेलाडीहरुसँग भेटघाट र जितको अग्रिम शुभकामना दिदैं मिथिला नगरपालिकाकी नगर उपप्रमुख सुनिता सिंह बुढाथोकीले खेलाडीहरुलाई खेल समाग्रीहरु आवश्यक परेको खण्डमा मिथिला नगरपालिकाले र मैले व्यक्तिगत रुपमा पनि साथ र सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता का लागि मधेश प्रदेशको हक्की टिम मंगलबार पोखरा जादै छन् । भोलि मंगलबार जनता माध्यमिक विद्यालय नक्टाझिजमा खेलाडीहरूका लागि विदाई कार्यक्रम राखिएको कुरा नक्टाझिज हक्की टिमका प्रशिक्षक श्याम बाबु नायकले बताए।

यसरी धेरै मेहनत र परिश्रमको फल स्वरूप खेलाडीहरुको सपना साकार हुन लाग्दा खेलाडीहरु मात्र नभई स्थानीयहरु पनि खुशी भएका छन्। स्थानीय समाजसेवी एवम् हिमालय युवा क्लबका पुर्व अध्यक्ष समेत रहेको अरुण कुमार महतोका अनुसार ‘मिथिला नगरपालिकामा धेरै खेलहरुमा खेलाडीहरु आबद्ध भएतापनि ,जसरी खेलअनुसारको खेलाडीको ठाउँ हुनुपर्ने हो ,त्यो संतोषजनक छैन। यहाँ क्रिकेट,फुटबल ,भलिबल,कराँते , ब्याडमिन्टन, कब्बडी लगायतका धेरै खेलहरुमा खेलाडीहरु आबद्ध छन् तर मुख्य व्यवस्थापक र प्रशिक्षकको कमी का कारण खेलाडीहरु उचित स्थानमा पुग्न बाट असफल बन्दै गएको छ। यसले गर्दा खेलाडीहरुमा हरास आएको र मनोबल कम भएको छ। खेलाडीलाई अगाडि बढाउनमा प्रशिक्षको मुख्य भुमिका रहेको कुरा मैले बुझेको छु । गाँउ समाजबाट जति सहयोग गरेतापनि जब खेलअनुसारको ठाउँ पाउनु छ भने प्रशिक्षक बिना मुस्किल रहेको बताए ।

पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेस प्रदेशको पुरष र महिला हक्की टिममा पर्सा विरगंज, जनकपुर, नक्टाझिज, ब्रदिवास लगायतका स्थानबाट मात्र खेलाडीहरु छनौट भएका छन्। ८ वटा जिल्ला मध्ये यी ठाउँहरु मात्र हक्की खेलिने गरेका छन्। जस अन्तर्गत धनुषाको नक्टाझिज गाँउबाट महिला ८ जना र पुरुष ७ गरी जम्मा १५ जना राष्ट्रिय खेलाडीको रूपमा स्थापित भएका छन् भने नक्टाझिज गाउँ बाट नै एक जना खो-खो खेल तर्फ पनि राष्ट्रिय खेलाडी बन्न सफल भएको छ। यी सबै खेलाडीहरु जनता माध्यमिक विद्यालय नक्टाझिज मा अध्ययनरत छात्र छात्रा हुन्।

नक्टाझिजबाट हल्की खेलका लागि छनोट हुनेमा पुरुष तर्फ उमेश श्रेष्ठ,नविन कुमार महतो,रुपेश राई ,अजय कुमार साह, पुरुषोत्तम महतो,अजय कुमार महतो,अमित राय रहेका छन्। त्यस्तै महिला तर्फ अन्जली कुमारी महतो, भुमिका कुमारी महतो,निरा कुमारी महतो,श्रुती राय, आरती कुमारी महतो,मधु कुमारी साह,प्रिति कुमारी महरा र अन्जली कुमारी साह रहेकी छिन् भने खो-खो तर्फ महिला मा रुपा राई छनौट भएकी छिन्।

 

नक्टाझिजको हक्की टिमको नेतृत्व गरेको मिथिला नगर बाल संजाल ढल्केबर धनुषाका अध्यक्ष समेत रहेको दिवेश कुमार महतोले भने ” आज म धेरै खुशी छु। मैले परिकल्पना पनि गरेको थिइन कि एकैचोटी १५ जना राष्ट्रिय खेलाडी एउटै गाउँबाट बन्न सकिन्छ भनेर तर हामीले गर्न चाहयौ भने ,हामीले परिवर्तन खोजेका छौं भने परिवर्तनको अभ्यास आफैंबाट सुरुवात गर्नुपर्छ र कुनै पनि कार्यका लागि साहस र अनुशासनको आवश्यकता पर्दछ। जसरी नेतृत्व गर्दै गए , सहयोगी साथीहरुको माया र सद्भावले सम्भव भयो। यसले मन भित्र थप उर्जा र साहस प्रदान भएको अनुभूति गरेको छु।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय