काठमाडौंमा श्री राम नवमीको उपलक्ष्यमा बृहत् रक्तदान कार्यक्रम गरिएको छ।

 

देशभर श्री रामनवमीको‌ उपलक्ष्यमा झाक्री किर्तन, पुजापाठ र शोभा र्याली जस्ता कार्यक्रमहरू गरेर मनाइ रहँदा काठमाडौंमा‌ उक्त रामनवमी मा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो।

श्री रामचन्द्र मन्दिर जिर्णोद्धार एवम् संवद्र्धन समिति बत्तीसपुतली काठमाडौंको आयोजना,ब्लड फर नेपालको सहकार्य र नेपाल रेडक्रस सोसाइटी काठमाडौंको प्राविधिक सहयोगमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो।‌ उक्त रक्तदान कार्यक्रममा जम्मा २० जनाले रक्तदान गरेका थिए।

 

 

रगतको‌ माग दिनदिनै बढ्दै गएकाले रक्तदान कार्यक्रम गर्न आवश्यक रहेको ब्लड फर नेपाल की केन्द्रीय सदस्य अर्चना कुमारी झा बताउँछिन्। उनी भन्छिन् ” रगत न त रुखमा फल्छ ,न त खेतमा हुन्छ। न त फैक्ट्री मा उत्पादन हुन्छ। यो त केबल मानिसको शरिरमा‌ मात्र पाँउछ, त्यसैले स्वास्थ्य शरिर भएको व्यक्तिले मापदण्डमा रहेर रगत दान गर्नुपर्छ।‌ रगत अभाव हुन नदिन आफुहरु खटिरहेको बताइन् ।

यस्तै ब्लड फर नेपाल काठमाडौंका संयोजक स्नेहा भट्टले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको बताए। उनले भनिन् “रगतको आवश्यक्ता रगतले नै पुरा गर्न सक्छ । तर यो पदार्थ हामीले बनाउन सक्दैनौं । इमरजेन्सीका बेला रगत अभाव हुँदा हामी सबैलाई चाहिने रगत नै हो । त्यसैले यस्ता रक्तदान कार्यक्रमको आयोजना गर्नु आवश्यक रहेको बताइन्।

 

 

ब्लड फर नेपाल रक्तदाता खोजेर बिरामीलाई रगत उपलव्ध गराउने काम गर्दै आएको नाफा नकमाउने गैरसरकारी संस्था हो। संस्थाले डाटा हेरेर कुन ठाउँका बिरामीलाई कुन समूहको रगत चाहिएको हो भन्ने निधो गरेर तुरुन्तै पुग्न सक्ने रक्तदातालाई फोन गर्छ र बिरामीका अफन्तसँग सम्पर्क गराइदिन्छ। यस कामका लागि संस्थामा स्वयंसेवकहरू गठन गरेर काम गरिहेका छन्। थुप्रै संघ संस्थाहरु सँग सहकार्य गरी रक्तदान कार्यक्रम को आयोजना देखि लिएर विधालय – विधालयमा रक्तदान सचेतना कार्यक्रम समेत गर्दै आएको छ।‌

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय