आश्विन १३ गते , बिहिबार, ढल्कवेर

धनुषाको नक्टाझिज स्थित रहेको हिमालय युवा क्लबको आयोजनामा दोस्रो नगर स्तरीय टि-ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ।

 

 

हिमालय युवा क्लबको अध्यक्ष शिवराम महतोको अध्यक्षतामा मिथिला नगरपालिका वार्ड नं -२ स्थित रहेको हिमालय युवा क्लबको खेल मैदानमा मिथिला नगरपालिका भित्र रहेकाे क्रिकेट टिमहरु सहभागी हुने किसिमले नगर स्तरीय टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको सुरु भएसँगै,आजको पहिलो खेलमा आयोजक हिमालय युवा क्लब मिथिला नगरपालिका वार्ड नं-२ नक्टाझिज vs औरही युवा क्लब मिथिला नगरपालिका वार्ड नं -५ श्रिपुर बिच खेल भएको छ। जसमा टस जितेर ब्याटिङ गरेको वार्ड नं -५ श्रीपुरले १७.५ ओभरमा अल आउट हुदै ६३ रन बनाउन सफल भएको थियो। ६४ रनको लक्ष्य पछ्याउँदै वार्ड नं -२ नक्टाझिजले ४.२ ओभरमै १ विकेट गुमाएर लक्ष्य पछ्याउँदै सहजै जित हासिल गरेको थियो। जसमा आयोजक टिमका अनिल गौतमले ४ ओभरमा १५ रन दिएर ६ विकेट लिन सफल भएको थियो भने १४ बलमा ३४ रन बनाएर आजको म्यान अफ दि म्याच समेत घोषित गरिएको छ।

 

भोलि शुक्रबार बिहान ८ बजे देखि दुई वटा खेल हुनेछ,जसमा आयोजक ‘वि’ टिम र जनता माध्यमिक विद्यालय नक्टाझिजको क्रिकेट टिम बिच खेल हुनेछ भने दोस्रो खेलको अपडेट टुङ्गिन बाँकी रहेको छ।

खेल जम्मा २० ओभरको खेलाइदै छ भने प्रथम पुरुस्कार १५ हजार सहित ट्रफि र दोस्रो पुरुस्कार ८ हजार सहित ट्रफि रहेको छ। प्रतियोगिता मा आयोजक ‘ए’ र ‘वि’ टिम, जनता मावि नक्टाझिज क्रिकेट टिम, श्रिपुर वार्ड नं-७ क्रिकेट टिम, श्रिपुर वार्ड नं-८ क्रिकेट टिम, हरिहरपुर, लालभिती ,जमुनिवासको क्रिकेट टिम र विनायक बोडिङ्ग स्कुल ढल्कवेर क्रिकेट टिम गरी जम्मा ९ वटा टिम सहभागी रहेको कुरा आयोजक टिमका सह-कप्तान महादेव सिंहले बताए।

 

कार्यक्रमको प्रमुख अतिथि मिथिला नगरपालिका वार्ड नं -२ का वाडा अध्यक्ष बिहारी महतो, हिमालय युवा क्लब नक्टाझिजको पुर्ब अध्यक्ष एवम् वर्तमान संरक्षक अरुण कुमार महतो, कल्बको सचिव शिव कुमार सिंह , मिथिला नगरपालिका वार्ड नं -२ को वाडा सदस्य हरि कुमार यादव,वाडा सदस्य जोगी महतो,भुपु इलाका सदस्य जीवछ महतो लगायत खेलाडीहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय