निरञ्जन साह,गौशाला । महोत्तरीमा सरकारी गाडीमा खसीको व्यापार गरिएको पाइएको छ । सोमबार जिल्लाको औरही देखि गौशाला आउने सडक खण्डमा खानेपानीका कर्मचारी इन्जिनियर (करार ) शिवराज पजियारले सरकारी गाडीमा बाख्रा बोकेर ओसार्दै गरेको पाइएको छ ।
गौशाला बजारमा खसी बेच्न आउने क्रममा बा.२ ब.४४२६ नम्बरको सरकारी मोटरसाइकलमा बीचमा खसी र एक व्यक्ति घसिलाई समातेर बसेको पाइएको छ ।
जबकि सरकारले कर्मचारीलाई सरकारी गाडी कार्यालय आवतजावतमा सहजताका लागि प्रदान गरेको हुन्छ । तर यसरी कर्मचारीले गाडीको दुरूपयोगले सरकारको नीतिनियम माथि प्रश्न सिर्जना भएको छ । सम्बन्धित निकायले यसप्रति चासो नदिएको पाइएको छ ।