मौसम झा जनकपुरधाम
सहिदनगर नगरपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत सावन चौधरी आजदेखि हाजिर भएका छन् ।
बिहिबारबाट सहिदनगर नगरपालिकामा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत चौधरीले जनताका काम कानुनसम्मत हिसाबले सम्पादन हुनुपर्ने बताएका छन् ।
उनले बिहिबार नै नगरपालिकाका नगरप्रमूख दिनेश प्रसाद यादवसँग छलफल गरी हालसम्म भए गरेका कामको जानकारी लिए । उनले नगरपालिकाबाट सम्पादन गर्नुपर्ने कामलाई चुस्त र व्यवस्थित बनाउन सम्पुर्ण कर्मचारीलाई निर्देशन पनि दिएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत आएपछि नगरपालिकाका रोकिएका प्रशासनिक काम नियमित हुन थालेका छन् ।