जनकपुरधाम । प्रदेश नम्बर २ काे राजधानी जनकपुरधाममा चलिरहेको गाडीमा अचानक आगलागी भएको छ ।

अहिले भरखरै साँझ करिब पौने ७ बजे जनकपुरधामस्थित गुडिरहेको गाडीमा अचानक आगो लागेको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि गुडिरहेको गाडीमा अचानक आगलागी हुँदा मानविय क्षति हुनबाट जोगिएपनि गाडी पूर्ण रुपमा जलेको छ । गाडीमा आगलागी भएको १५ मिनेट पश्चात आगो नियन्त्रणमा आइसकेको छ ।

क्षतिग्रस्त गाडीको नम्बर भने अहिले खुल्न सकेको छैन् । जनकपुरधामबाट काठमाण्डौसम्म चल्ने उक्त गाडीमा यात्रुहरु समेत रहेको बताइएको छ ।

घटनास्थलमा प्रहरीको टोली पुगिसकेको र विस्तृत आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय