जनकपुरधाम । नेकपा एमालेको ओली पक्षमा लागेकाे भन्हदैै धनुषामा माओवादी केन्द्रबाट निर्वाचित एक मेयरसहित ३ उपमेयरको पद धरापमा परेको छ ।

केहिदिन अघि मात्र ओली पक्षमा लागेको भन्दै माओवादी केन्द्रले रौतहटको दुई मेयरसहित पँच उपमेयरलाई पार्टीबाट निस्काशन गर्न निर्वाचन आयोगमा पत्र पठाएको थियो । सोहि क्रममा ओली पक्षमै लागेका धनुषाका विदेह नगरपालिकाका मेयर बेचन दाससहित तीन उपमेयरलाई पहिलो चरणमा माओवादीले स्पष्टीकरण सोधेको हो ।

विदेह नगरपालिकाकी उपमेयर निलम देवी मण्डल, सहीदनगर नगरपालिकाकाकी उपमेयर शिला देवी कापर र सबैला नगरपालिकाकी उपमेयर निलुदेवी कापरलाई माओवादी केन्द्र जिल्ला कमिटीले स्पष्टीकरण सोधेको हो ।


माओवादी केन्द्र धनुषाका ईन्चार्ज योग कुमार बरबरिया यादव जीवन र जिल्ला सचिव दीपक यादवले संयुक्त हस्ताक्षर गरेको पत्र चारैजनालाई तीनदिन भित्र लिखति जवाफ पेश गर्न निर्देशन दिएको हो ।


पार्टीको गतिविधि तथा कार्यक्रममा सहभागी नभएको भन्दै लिखित स्पष्टीकरण पेश गर्न पत्रमा भनिएको छ ।


पत्रमा सर्वोच्च अदालतको निर्णय अनुसार पार्टी पुरानै अवस्थामा फर्के तापनि पार्टीको कार्यक्रमहरुमा तपाईंको सहभागिता के कति कारण भइरहेको छैन, तपाईंको आफ्नो स्थानीय तहमा पार्टीको पक्षमा क्रियाशीलता के कति कारणले छैन र तपाईंले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र त्याग गरेको हो वा होइन भन्ने प्रश्नसहितको जवाफ दिन भनेको छ । पहिलो चरणमा स्पष्टीकरण सोधेको माओवादीले जवाफ प्राप्त भएपछि कुनै प्रकारको निर्णय लिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय