जनकपुरधाम । जनकपुरमा एक पुरुषको शाव बोरामा राखेर फालिएको अवस्थामा फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका २३ बिन्धी स्थित ६ लेन सडकको छेउमा रहेको आँप बगैँचामा बोरोमा पुरुषको शव फेला परेको छ ।

घाँटीमा झुण्डिएर मृत्यु भएको जस्तो निलडाम देखिएको, शरीमा अन्य कतै कुनै डाम नदेखिएको उपरीक्षक राणभाटले बताए । राति नै बोरामा हालेर कसैले लास फालेको हुन सक्ने शवको प्रकृतिले देखिएको छ ।

अन्दाजी ५४ वर्षीय पुरुषको शव बोरामा फालेको अवस्थामा मंगलबार भेटिएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश राणाभाटले जानकारी दिए ।

घटनास्थलमा विशेष तालिम प्राप्त भएका कुकुर लगेर अनुसन्धन पश्चात शवलाई पोस्टमाार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको उपरीक्षक राणाभाटले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय