जनकपुर: उपचार अभाव लापरवाहीका कारण पुन: एक बिरामी छटपटिएर मृत्यु - Hamro Janakpur

जनकपुरधाम । जनकपुरमा भेन्टिलेटर उपलब्ध नगराउँदा एक बिरामीको मृत्यु भएको छ ।

प्रादेशिक अस्पताल पुर्याइएको तिनघण्टासम्म पनि भेन्टिलेटर उपलब्ध नहुँदा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-१९ बेङ्गाशिवपुर बस्ने ४५ वर्षीय उमेश शर्माको ज्यान गएको छ ।

बिरामीलाई अस्पताल ल्याएपछि त्यहाँ ड्युटीमा रहेका स्वास्थ्यकर्मीले बिरामीलाई अक्सिजन लगाएर त्यतिकै छोडि आफ्नो काममा व्यस्त भएको र बिरामीको मृत्यु भइसक्दा समेत परिवारजनलाई कुनै जानकारी नगराएको मृतकका आफन्तको गुनासो छ ।

मृतकका छोरा शत्रुधन शर्माले बुवालाई लिएर बुधबार साँझ ५ बजे नै प्रादेशिक अस्पतालको इमरजेन्सी कक्षमा आएपनि राति ८ बजेसम्म अस्पतालले भेन्टिलेटर उपलब्ध नगराउँदा आफ्नो बुवाको मृत्यु भएको बताए ।

उनीहरूले वार्डमा रहेका स्वास्थ्यकर्मीलाई जति आग्रह गरेपनि कसैले कुनै सुनुवाई नगरेको आरोप समेत लगाएका छन् ।

यता, ड्युटीमा रहेका एक स्वास्थ्यकर्मीले बिरामीको सेचुरेशन लेभल ५२ मा रहेको अवस्थामा आफूहरूले भेन्टिलेटरको व्यवस्था मिलाउन परिवारजनलाई जानकारी गराइसकेको बताएका छन् ।

परिवारजनले समयमै भेन्टिलेटरको व्यवस्थापन गर्न नसक्दा बिरामीको मृत्यु भएको उनले दाबी गरे ।

बिरामीको मृत्यु भएपछि अस्पतालको ड्युटीमा खटेका प्रहरीले परिवारजनलाई दबाब दिएर मृतकको कोरोना परिक्षण नै नगराई राति नै मृतकको शवसहित उनीहरूलाई त्यहाँबाट घर फर्काएका थिए ।

यसअघि मंगलबार मात्रै प्रादेशिक अस्पतालस्थित कोभिड-१९ विशेष अस्पतालमा चिकित्सकको लापरवाहीका कारण महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ४ सुगा बस्ने ५३ वर्षीय कोरोना संक्रमित सुखचैन महतोको मृत्यु भएको थिए ।

सामाजिक विकास मन्त्रालयले शुक्रबार मात्रै प्रादेशिक अस्पतालमा ८ वटा नयाँ भेन्टिलेटर जडान गराएको थियो ।

समाचार संकलनका लागि पुगेका सञ्चारकर्मी घनश्याम मिश्रसँग समेत प्रहरीले अभद्र व्यवहार गरेका थिए ।

अस्पतालका पूराना भेन्टिलेटरहरु बिग्रिएपछि मन्त्रालयले अस्पताललाई ८ वटा नयाँ भेन्टिलेटर उपलब्ध गराएको थियो ।कोरोना संक्रमित भएपछि उपचारका लागि कोभिड विशेष अस्पताल पुगेका महतोले समयमै उपचार पाउन नसक्दा मृत्यु भएको थियो ।

तस्बिर : घनश्याम मिश्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

निषेधाज्ञामा होटल खोलेको भन्दै सञ्चालकलाई ४ लाख जरिवाना

निषेधाज्ञामा होटल खोलेको भन्दै सञ्चालकलाई ४ लाख जरिवाना

काठमाडौं । निषेधाज्ञाको समयमा होटल खोलेको भन्दै प्रशासनले सञ्चालकलाई जरिवाना तिराएको छ । निषेधाज्ञाको समयमा होटल खोलेको आरोपमा त्रिपुरेश्वरस्थित युनाइटेड विजनेश होटलका सञ्चालक अश्विल श्रेष्ठलाई..