जनकपुरधाम । नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी जेठ १७ गते अर्थात मे ३१ सम्मको लागि (नेपाल–भारत वाहेक) अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ ।
प्राधिकरणले दोश्रो चरणको समय थप गर्दैं अन्र्राष्ट्रिय उडान माथिको प्रतिबन्ध आगामि जेष्ठ १७ सम्मको लागि स्थगन गर्ने निर्णय गरेको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । यस अघि वैशाख २३ गते राति १२ बजेदेखि वैशाख मसान्तसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय व्यावसायिक उडानमा रोक लगाएको थियो ।
नेपाल–भारतबिच हुने हवाई उडानमा भने एयर बबल सम्झौताअनुसार सरकारले सातामा २ उडान सञ्चालन गर्न दिने निर्णय गरेको छ । सरकारले कोरोना महामारीको जोखिम उच्च भएसँगै रोकथाम तथा नियन्त्रणको लागि आन्तरिक तथा वाह्य उडानमा रोक लगाएको थियो । “आगामी १७ गतेसम्म कोभिड–१९ संक्रमणको संख्यामा सुधार आएमा जेठ १८ बाट अन्तर्राष्ट्रिय व्यावसायिक उडान खुल्ला गर्न सकिने छ ।”

महानिर्देशक पोखरेलले भने, “यता आन्तरिक उडानमा लगाएको प्रतिबन्ध कायमै छ ।”

सरकारले आन्तरिक उडानमा भने वैशाख २० गते राति १२ बजेदेखि वैशाख मसान्तसम्म नियमित आन्तरिक हवाइमा प्रतिबन्ध लगाएको थियो । आन्तरिक हवाई उडानको प्रतिबन्धमा थप समयमा भने चाँडै अर्काे सूचना जारी गर्ने प्राधिकरण जनाएको छ ।

निगमले बुधबार एयर इन्डियाले शुक्रबार उडान भर्ने
सरकारले एयर–बबल सम्झौता अनुसार हुने साताको २ उडानमा नेपाल वायूसेवा निगमले बुधबार र एयर इन्डियाले शुक्रबार उडान भर्ने तालिका रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार निगमको ३२० विमानले ११ः५ मिनेटमा काठमाडौं–दिल्लीको लागि उडान गर्ने छ भने दिल्लीबाट ३ः४५ मिनेटमा काठमाडौंको लागि उडान गर्ने छ । एयर इन्डियाको विमानले भने शुक्रबार दिल्लीबाट २ः ३५मा काठमाडौंका लागि उडान गर्ने छ भने, काठमाडौंबाट ४ः५०का दिल्लीको लागि उडान तालिका तय भएको विमानस्थल कार्यालयले जनाएको छ । यसरी हुने उडानमा नेपाल र भारतका नागरिकले मात्र उडान यात्रा अनुमति पाउँने छन् । सो वाहेकका नागरिकले उडान अनुमति पाउँने छैनन् भने कुटनीतिक नियोगको लागि उडान भर्ने देशको अध्यागमन विभागबाट उडान यात्राको अनुमति स्वीकृत गरेपछि मात्र सो नागरिकले उडान गर्न पाउने नियम रहेको छ ।
सरकारले कोरोना महामारीको जोखिम उच्च भएसँगै रोकथाम तथा नियन्त्रणको लागि उपत्यमा वैशाख १६ देखि जेष्ठ १३ सम्म निषेधाज्ञा लागु गरि यातायात, आन्तरिक तथा वाह्य उडानमा रोक लगाएको छ । तर नेपाल–भारतबीच भएको एयर बबल सम्झौताअनुसार सरकारले सातामा २ उडान सञ्चालन गर्न दिने निर्णय गरेको थियो । ती उडान मार्फत आउने यात्रुले ७२ घण्टा अगाडिको पीसीआर नेगेटिभ रिपोर्ट लिएर यात्रा गर्न पाउने छन् भने क्वारेन्टाइन राख्नको लागि सरकारले आठ होटलका ४ सय २८ कोठा छुट्टाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय