जनकपुरधाम । वैशाख भित्र सञ्चालन हुने भनिएको जनकपुर–जयनगर रेल्वे सेवा बढ्दो दोस्रो कोरोना कारण प्रभावित भएको छ ।

नेपाल रेल्वे कम्पनीले वैशाख महिनाभित्रै सञ्चालनको लागि तयारी गरेपनि धनुषासहित विभिन्न स्थानमा गरिएको निषेधाज्ञा र नेपाल र भारतको सीमा सिल गरिएकोले तत्काल रेल सञ्चालन स्थगित गरिएको छ । केहि दिन अघि मात्रै मन्त्री परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले रेल्वे सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरिसकेका छन् । त्यसैगरि रेल्व सञ्चालनको लागि व्यवस्था गरिएको नेपाली कर्मचारीलाई भारतीय कर्मचारीले १० दिन सम्म प्रशिक्षण समेत दिएका थिए । तर कोरोनाको बढ्दो कहर र लकडाउनको कारण ति भारतीय कर्मचारी तत्कालको लागि भारत नै फर्केको नेपला रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले बताए । रेल्वे सञ्चालनको हामी अन्तिम तयारीमा थियौ, महाप्रबन्धक भट्टराईले भने,‘ समयले साथ नदिएर चाहेर पनि सञ्चालन गर्न सकेनौ । अव लकडाउन र अवस्था समान्य हुदै रेल सञ्चालन हुन्छ त्यसमा हामी विश्वस्त होउ ।’ पछिल्ला ३ वर्षदेखि जनकपुर–जयनगर रेल सञ्चालनको मिति तोक्ने, तर सञ्चालनमा नआउने भइरहेको छ । सरकारले २०७७ असोज ७ गते नेपालमा ल्याइएको थियो । अहिले सम्म धनुषाको खजुरीको स्टेसनमा दुवै रेल सशस्त्र प्रहरीको सुरक्षा निगरानीमा राखिएको छ । तर जनकपुर आइपुगेको ७ महिना भईस्कदा पनि ेल सञ्चालन हुन सकेको छैन ।

रेल सञ्चालनका लागि कम्पनीले विभिन्न पदमा १ सयजना कर्मचारी नियुक्त गरेको छ । तत्काल जयनगरदेखि नेपालको कुर्थासम्म ३४ किलोमिटर रेल सञ्चालन हुनेछ । चालु आर्थिक वर्षभित्र नै थप १७ किलोमिटर रेल सञ्चालन हुने महाप्रबन्धक भट्टराईले जानकारी दिए । कुर्थादेखि बिजलपुरासम्म रेल सञ्चालनका लागि ेलमार्ग तयारी भइसकेको उनले बताए । २२६ जनशक्ति नियुक्ति गर्न स्वीकृति २०७६ माघ ६ गतेको मन्त्रिपरिषद्ले जयनगर–जनकपुर कुर्थाखण्डमा रेल सञ्चालन गर्न आवश्यक दक्ष जनशक्ति भर्ना गर्ने बाटो खोलेको थियो । बैठकले रेल सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति करारमा नियुक्त गर्न सैद्धान्तिक स्वीकृति दिएको हो । रेल्वे कम्पनीका अनुसार विभिन्न ४५ पदका लागि २ सय २६ दरबन्दी आवश्यक छ । ‘औचित्य र आवश्यकताअनुसार प्रतिस्पर्धात्मक माध्यमबाट नेपाल रेल्वे कम्पनीका लागि करारमा कर्मचारी भर्ना गर्न सैद्धान्तिक स्वीकृति मन्त्रिपरिषदले दिएपनि नियुक्ति प्रक्रियालाई लोकसेवा आयोगले रोकेपछि अहिले ज्यालादारीका रूपमा १ सयजना कर्मचारी नियुक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय