ढल्केबर,धनुषा

 

धनुषाको मिथिला नगरपालिका मा नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। मिथिला नगर बाल संजालको अध्यक्ष दिवेश कुमार महतोको अध्यक्षता तथा मिथिला नगरपालिका की उपमेयर सुनिता सिंह बुढाथोकी को प्रमुख अतिथि मा नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता भव्यताको साथ सम्पन्न भएको छ।

 

मिथिला नगर बाल संजाल ढल्केबर धनुषाको आयोजना तथा मिथिला नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा ढल्केबर धनुषाको सहयोगमा आइतबार राष्ट्रिय बाल श्रम विरुद्ध दिवसको अवसरमा श्री जनता माध्यमिक विद्यालय नक्टाझिज हजार चौकमा मिथिला नगरपालिका भित्र रहेको ११ वटै वाडा मध्ये १० वटा वाडाको बाल क्लब बिच कडा प्रतिस्पर्धा गराइएको थियो।

 

त्यस अनुसार १४ अकं प्राप्त गरेर मिथिला नगरपालिका वार्ड नं-६ ढल्केबरको लालीगुराँस बाल क्लबका प्रवेश सिंह,अभिशेक सिंह,आरती कुमारी महतो र आशिका यादव प्रथम स्थान हासिल गरेका हुन् भने १२ अंक ल्याएर मिथिला नगरपालिका वार्ड नं २ नक्टाझिज को एकता बाल क्लबका कृष्ण कुमार महतो,सोनु कुमार राय राजपुत,विनिता महतो र निरा कुमारी महतो दोस्रो स्थान प्राप्त गरेका हुन्। त्यस्तै गरी ६ अकं ल्याएर मिथिला नगरपालिका वार्ड नं ८ कुसुमविछौना को सृजनशील बाल क्लब का नागीना मण्डल, अस्मिता महतो,उज्वल सिंह,प्रविन नायक राय तेस्रो स्थान प्राप्त गरेका हुन्। सान्त्वना तर्फ मिथिला नगरपालिका वार्ड नं ३ को रामजानकी बाल क्लबले सिट सुरक्षित गर्न सफल भएको थियो।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा जनता मावि नक्टाझिजका प्रअ श्याम कुमार यादव, मिथिला नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रतिनिधि भगवती गजुरेल र मिलन श्रिवास्तव , मिथलेश महतो, मिथिला युवा संजालका अध्यक्ष ई.मनिष कुमार महतो, मिथिला विकास संस्थानका अध्यक्ष कृष्ण महतो ,उपाध्यक्ष मन्दिप महतो, मिथिला नगर युवा संजालका अध्यक्ष राजु कुमार सिंह, मिथिला नगर बाल संजालका पुर्व अध्यक्ष अंकित कुशवाहा, मिथिला नगर बाल संजाल का उपाध्यक्ष आरती साह लगायत अतिथिहरुको उपस्थिति रहेको थियो।

 

कार्यक्रमको उद्घोषक र सञ्चालन हिमालय युवा क्लब का संरक्षण एवम् पुर्व अध्यक्ष अरुण कुमार महतोले गरेको कुरा मिथिला नगर बाल संजालका सचिव अमित कुमार महतोले जानकारी दिए।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय