फाइल तस्बिर

जनकपुरधाम पुस ७ गते । जनकपुरकाे एकाविहानै शुक्रबारि बजार नजिकै फेरि आर्को बम जस्तै शंकास्पद वस्तु फेला परेको छ । घटनास्थलदेखि जिल्ला प्रहरी कार्यालय पनि नजिकै पर्छ ।

शंकास्पद बस्तु फेला परेपछि प्रहरीले सडकमा आवत जावत ठप्प पारेको छ । फेला परेको शंकास्पद बस्तु बम रहेको आशंका छ । तर बम नै हो भन्ने पुष्टि हुन सकेका छैन ।शंकास्पद बस्तु कति बेला फेला परेको कुरा खुल्न सकेका छैन । तर अहिले प्रहरी घटनास्थलको चारैतीरबाट घेरा हालेर बसेका छन् ।

उक्त शंकास्पद बस्तु पहिचानका लागि नेपाली सेनालाई प्रहरीले खबर गरिसकेको छ । सेनाको डिस्पोजल टोली पुगेपछि बम हो वा होइन पुष्ठि गर्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय