सर्लाही
सर्लाहीको कविलासी नगरपालिका वडा न–६ स्थित ढंग्रा खोलाको पुलमा (आज)सोमबार एक वित्तीय संस्थाका कर्मचारी लुटिएका छन् । कविलासी नगरपालिका वडा न–३ बिनगराबाट मासिक बचत समुहको रकम उठाएर फर्किदै गरेकी लक्ष्मी लघुवित्त बित्तिय संस्था गैरकी कर्मचारी सोनम बराल लुटिएकी हुन् ।
बिनगरा बचत समुहको बैठकबाट रकम उठाएर स्कुटीमा कार्यालय तर्फ आउँदै गरेकी बराललाई ढंग्रा खोलाको पुलमा तीनजनाको समुहमा रहेका अपरिचित ब्यक्तीले लुटपाट गरेका हुन् । बरालको साथमा रहेको एकलाख ५० हजार रुपैया लुटिएको बैंकले जनाएको छ । बिनगरा र सिर्सियाको बीचमा एकान्त स्थानमा रहेको सो खोलाको पुलमा नम्बर नखुलेको पल्सर मोटरसाइकल चढेर आएका तीनजनाले बराल चढेको स्कुटीलाई रोकेर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।लुटेराहरु फरार रहेको र उनीहरुको खोजी कार्य भईरहेको जिप्रकाले जनाएको छ ।
दुई महिना अघि पनि यसैगरी सोही ठाउँमा बिनगराबाट रकम उठाएर कार्यालय तर्फ आउँदै गरेको अवस्थामा ग्रामिण स्वयंसेवक समाज वित्तीय संस्थाका एक कर्मचारी लुटिएका थिए ।लुटेराहरुले उनको साथबाट ७७ हजार ६ सय ५० रुपैया लुटेर लगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय