बालिकामाथि पेट्रोल छर्किएर आगो लगाएर तीनै युवाहरु फरार - Hamro Janakpur

जनकपुरधाम । बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ९ मलालगाउँमा १४ वर्षीया बालिकालाई तीन युवाहरुको समूहले पेट्रोल छर्किएर आगो लगाइ घाइते बनाएको छ । घटनापछि तीनै जना युवाहरु फरार रहेका छन् ।
सोही नगरपालिका–८ कालापानीका सुमन गिरीसहित तीन जनाले बैशाख १९ गते राति ती बालिकामाथि पेट्रोल छर्किएर आगो लगाएका हुन् ।

राति गाउँमा बिहे हेर्न गएको समयमा बालिकालाई पेट्रोल छर्की आगो लगाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।आगाले बालिकाको शरीरका कपडा जलेका छन् भने उनी घाइते भएकी जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक मदनजीत महराले बताए ।

त्रिवेणी नगरपालिका–८ पन्तालीकी पीडित बालिकाको अहिले जिल्ला अस्पताल बाजुरा ल्याइ उपचार गरिएको छ । फरार युवाहरुको खोजी भइरहेको प्रहरीको दावी छ ।

मानिस कति निर्दयी बन्दै गएको छ भन्ने उदाहरण बाजुराको एउटा पछिल्लो घटना उदाहरण बनेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।