सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकामा बालिदानी दिवसको अवसरमा ५० जना बिपन्न तथा दलित बालवालिकाहरूलाई न्यानो कपडाको रुपमा ज्याकेट बितरण गरिएको छ ।

क्षेत्र नं. १(क) बाट निर्वाचित प्रदेश सभा दस्यले आफनो निजि खर्चमा वडा नं. ३ भक्तिपुरका विपन्न तथा दलित बालवालिकाहरुलाई जाडो बाट बच्न ज्याकेट बितरण गर्नु भएको जन्ता समाजवादी पार्टीका नेता नागेश्वर महतोले जानकारी दिनुभयो ।

खासगरी शीतलहरसँगै बढ्दै गएको चिसोका कारण विशेष गरी बालबालिकाको स्वास्थ्यमा विभिन्न प्रकारका समस्या देखिने र त्यसमा पनि बिपन्न तथा दलित बालवालिकालाई आर्थिक अभावका कारण कतिपय परिवारमा न्यानो कपडाको समेत अभाव हुने गर्दछ ।

न्यानो कपडाका अभावमा बिपन्न तथा बालवालिकाका स्वास्थ्यमा विभिन्न किसिमका समस्या देखा पर्ने गरेको छ ।

शीतलहरसँगै बढ्दै गएको चिसोका सँग बिपन्न तथा दलित बालवालिकाहरुको जोगाउनको लागि पनि न्यानो कपडाको रुपमा ज्याकेट बितरण गरिएको प्रदेश सभा सदस्य महतोले निगरानी टुडे सँग कुराकानी गर्दै बताउनुभयो ।

सांसद महतो यस अघि पनि आफनो क्षेत्रमा विभिन्न किसिमको समाजिक कार्य आउदै गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय