जनकपुरधाम । तराईमा केही दिनयता शीतलहरका कारण चिसो ह्वातै बढेपछि जनकपुर उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष जानकी राम साहले आगो ताप्न वडाका विभिन्न स्थानमा दाउरा वितरण सुरु गरेका छन् ।

शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि वडा अध्यक्ष जानकी रामले वडाभित्र पर्ने विभिन्न क्षेत्रमा वृद्धवृद्धा तथा ज्येष्ठ नागरिक र स–साना नानीका लागि आगो ताप्न दाउरा वितरण गरेका हुन् ।

चिसो प्रभावित क्षेत्रमा मंगलबार वडा अध्यक्ष जानकी रामले ३० क्विन्टल दाउरा वितरण गरेको छ । उनले नगरका गरिब मुसहर तथा डोम बस्तीमा समेत आगो ताप्न दाउराको व्यवस्था गरेको छ ।

वडा बासीलाई चिसोबाट जोगाउन उनले आफ्नो नीजि ट्रयाक्टरमा दाउरा लोड गरि आफैले ट्रयाक्टर चलाएर बस्तीको विभिन्न स्थानमा बाँडेका हुन् ।

उनले यस्तो चिसोको बेला चिसो प्रताडितलाई थोरै भएपनि न्यानोको अनुभूत गर्न पाउन भन्ने उद्देश्यले दाउराउ वितरण गरेको बताए । जनकपुर उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले शीतलहर पिडितलाई कागजमै सहयोग गरेको खबरले समाजिक सञ्जालमा देखेर आश्चर्य चकित भएको जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय