जनकपुरधाम । प्रदेश नम्बर २ को धनुषाको धनौजी गाउँपालिकाको अवस्था अहिले तहसनहस भएको छ । वर्तमान अवस्थाकै कारण गाउँपालिकाका कर्मचारीहरु आन्दोलित भएका छन् ।

धनौजी गाउँपालिकाको गाउँसभा अझै हुन नसक्दा गाउँपालिका भित्रका कर्मचारीहरुले तलब पाउन सकेको छैनन् । विगत ६ महिनादेखि कर्मचारीहरुले तलब नपाउँदा पुनः आन्दोलनमा उत्रेका छन् ।

यसअघि पनि कैयौं पटक आन्दोलन गरेका राष्ट्रसेवक कर्मचारीहरुले समयमा तलब नपाउँदा आन्दोलित भएका छन् । चालु आर्थिक वर्षको दोस्रो चौमासिक सुरु भएपनि कर्मचारीले तलब पाएका छैन भने ज्येष्ठ नागरिकले बृद्ध भत्ता पाएका छैनन् ।

कर्मचारीले तलब नपाएका कारण पटक पटक धर्नामा बस्दै आएका छन् । सरकारले उपलब्ध गराउने सेवा सुविधा र तलवको माग गर्दै शिक्षा, स्वास्थ्य र पालिकामा कार्यरत करिव एक सय जना कर्मचारी एक महिनादेखि धर्नामा बस्दै आएका हुन्।

कर्मचारीहरू धर्नामा बस्दा पालिकाको कामकाजसमेत प्रभावित भएको हो। गाउँपालिका अध्यक्ष बद्री नारायण सिंहको हैकमले गाउँ सभा नभएको उपप्रमूख रामवत्ती मण्डलको आरोप छ ।

हरहिसाब पारदर्शिता, आय व्ययको विवरण र योजना बाँडफाँडमा प्रमुख सिंहले मनोमानी गर्दा गाउँ सभा हुन नसकेको उनले बताइन् । गाउँसभा नभएको कारण कुनै पनि कर्मचारीले तलब पाउन नसकेको उनले जानकारी दिइन् ।

कर्मचारीहरूले कात्तिक २३ गते सम्पूर्ण सरोकारबाला निकाय समक्ष विज्ञप्ति मार्फत आफ् नो माग ध्यानाकर्षण गराएका थिए । तर, पनि माग पूरा नभएपछि कर्मचारीले कार्यपालिकाको प्राङ्गनमा मंसिर १० गतेदेखि नियमित (विदाको दिन बाहेक) धर्नामा बसेको अधारभुत विद्यालय लखौरीका प्रधानाध्यापक चन्द्र मण्डलले जानकारी दिए ।

धर्ना बसेको एक महिना पश्चात पालिकाले ९ बुंदे सहमती गरेपनि हालसम्म कार्यनव्यन नगरेको उनले बताए । सहमती गरेपनि पालिकाले े कार्यनव्यन नगरेको भन्दै कर्मचारीले पुनः पुस ११ गतेदेखि धर्नामा बस्दै आएको उनको भनाइ छ । तर, पनि गाउँपालिका प्रमूख सिंहले कुनै वास्ता नगरको उनले गुनासो गरे ।

‘पालिकाको आठ विद्यालयका ६३ जना शिक्षकले चालु आर्थिक वर्षमा अहिलेसम्म तलब पाएका छैनन्,’ उनले भने, ‘०७६/७७ को छात्रवृति रकम पनि अहिलेसम्म कुनै विद्यालयलाई उपलब्ध गराइएको छैन्।’ उनका अनुसार वितेको आर्थिक वर्षको किताब, ग्रेड, विद्यालय सुधार योजनाको , बुक कर्नर, मसलन्द लगायतको रकम विद्यालयलाई उपलब्ध गराएको छैन । ‘चालु आर्थिक वर्षमा सभा नभएको कारण दिएको छैन्। टुडे एक्सप्रेसमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय