हाम्रो जनकपुर / जनकपुरधाम । प्रहरीको पोसाक लगाएर टिकटक वा अन्य भिडियो बनाएर समाजिक संजालमा आएपछि नेपाल प्रहरीले कानुन बमोजिम कारबाही गर्ने पत्र जारी गरिएको छ ।फिल्म, टेलिफिल्म, टेलिभिजन र स्टेज कार्यक्रम तथा टिकटक लगायतका भिडियोमा प्रहरी पोसाकको दुरुपयोग भएको भन्दै प्रहरी प्रधान कार्यालयले बिहीबार एक विज्ञप्ति प्रकाशित गरि पूर्व अनुमति लिनुपर्ने जनाएको छ ।‘प्रहरी पोसाकको प्रयोग गर्नुअगाडि प्रहरी प्रधान कार्यलय नक्सालस्थित जनसम्पर्क तथा प्रचार–प्रचार इकाईमा प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने प्रावधान रहेको जानकारी गराउन चाहन्छौं, विज्ञप्तिमा उल्लेख गरिएको छ ।स्वीकृति नलिई नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दज्यार्नी चिन्ह, प्रहरीको मोनोग्राम प्रयोग नगर्न अनुरोध गरिएको छ । यी नियम तोडेमा प्रचलिति कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय