खयरमारा ।शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले निर्मल लामा बहुप्राबिधिक शिक्षालयको नमुना भवन उद्घाटन गरेका छन् । महोत्तरीको बिकट क्षेत्रमा पर्ने खयरमारामा शिक्षालय खुलेपछी यहाँ अवस्था फेरिएको छ ।शिक्षालयको तीन करोड ७४ लाखको लागतमा भवन निर्माण भएको हो । १० महिना भवन निर्माण भएको हो । शिक्षालयको अर्को तीन करोड ७१ लाखमा निर्माण भैरहेको सिटिभिटी निवर्तमान निर्देशक बिनय कुमार मिश्रले बताए ।

डिप्लोमा इन सिभिल इन्जिनिरिङ, जियोमेट्रइक इन्जिनिरिङ, फोरेस्ट्ररि , होटल मेनेजमेन्ट, फुड एन्ड डेरि, फर्मेसी, रिडियो ग्राफिको पढाइ भैरहेको शिक्षालयका प्राचार्य रमन कुमार मेहताले बताए । देशका २२ जिल्लाका ५३८ जना अध्यनरत छन । पुर्व ताप्लेजुङदेखि पश्चिम हुमलासम्मा विद्यार्थी पढिरहेका छ्न ।
सिटिभिटीले तयारपारेको डिप्लोमा तह, टिएसएलसी र छिटो अवधिको सम्पुर्ण कार्यक्रमहरु क्रमस संचालित हुनेछ
मन्त्री पोखरेलले कार्यक्रममा बोल्दै देशभरी प्राबिधिक शिक्षाको लहर चलेको छ ।सातै प्रदेशमा एक वटा नमुना प्राविधिक शिक्षालय संचालन गरेका छौ ।गरिखाने शिक्षालाई हामिलाइ बिकास गर्न लागेको छ । अरु ६ बिषय दिने निर्णय गरेका छौ ।
दक्ष शिक्षक र अभ्यास सहितको शिक्षाले मात्रै प्राविधिक शिक्षा नमुना बन्छ । त्यसको नेतृत्व युवा पुस्ताले मात्रै हुन्छ ।ब्ल्याक बोर्डमा पढाएर स्टिफिकेट दिइन्छ कि भन्ने मलाइ चिन्ता छ ।

दक्ष जनशक्तिले मात्रै समृधिको सपना पूरा हुन्छ । कमगरि खाने शिक्षाको अभाव दलाली, अनयमितता, भ्रष्टाचार मौलाएको छ ।
सर्म प्रति बिश्वास गर्नुपर्छ । अनि मात्रै प्रावधिक शिक्षाले फड्को मर्छ ।

प्राविधिक शिक्षाले मात्रै देशमा बिकासको नेतृत्व गर्छ ।प्रावधिक शिक्षाले मात्रै गरिविलाइ शुन्यमा झार्न सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय