रौतहट, ६ असार । रौतहट गरुडा नपा मलाहिटोलकि अन्दाजी ३४ बर्सिय ( पुजा देबि )नाम परिवर्तन एक महिलालाई चार जनाको समुहले अपहरण गरेर लाने प्रयास भएको छ ।

करिब ९ बजे गरुडा नगरपालिका मलाही टोलकी एक महिलालाई चार जनाको समुहले घरबाटै जबरजस्ती अपहरण गरेर लग्ने प्रयास गरेको परिवारिक श्रोतले जानकारी दिएको हो। महिलाका श्रीमान घरमा नरहेको मौका छोप्दै “घरमा बसिरहेको बेला अचानक चार जना आएर मुख थुन्दै बोकेर लग्न थालेका थिए ।

“चारैतिरबाट घेरेर उनीहरुले जबरजस्ती घिर्सान थाले पछि आफुले हो हल्ला गर्दा छिमेकीहरु आए पछि चारै जना भागेको पीडितले जनाएकी छिन ।” अपहरण गर्न आएका अजय सहनी, राकेश सहनी, राजा सहनी र ज्योती सहनी रहेको पीडित महिलाको भनाइ छ। चार मध्ये तिन जना गरुडा नगरपालिकाको र एक जना गढीमाई नगरपालिकाको रहेका छन ।

अन्दाजी ३४ बर्सिय सो महिलालाइ महिलालाइ उपचारको लागि सदरमुकाम गौर अस्पतालमा राखिएको छ । महिलाको शरीरका विभिन्न भागमा चिथोरेको घाउदाग रहेको छ । घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक रविराज खडकाले अनुसन्धान भइरहेको बताएका छन ।

घटनाका बारेमा विस्तृत बुझ्ने काम भएको र “यस विषयमा हामी गम्भीर भएर अगाडी बढी रहेका छौं खडकाले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय